काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको आजको बैठकमा वेल घेराउ गरेको छ । आफूहरुले उठाएका माग सरकारले नसुनेको भन्दै रास्वपाले संसद बैठकमा विरोध जारी राखेको हो ।
सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।
उनले सरकारले आवाज नसुनेको जस्तो गर्यो भन्दै विरोध जनाएका थिए। संसदमा आफूहरुको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरु उठेर वेल अगाडि पुगेका छन् । प्रतिनिधिसभा बैठकमा राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफूहरूले आजको बैठक पनि बहिष्कार गर्ने बताएका थिए ।

