काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेस्रो स्थापना दिवसका अवसरमा शनिबार बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ ।
पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकले उपसभापति डा.स्वर्णिम वाग्लेको प्रस्तावमा पार्टीको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र प्रवक्तामा मनिष झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
भिजिट भिसा प्रकरणमा पार्टीले राखेको अडानलाई संसदमा लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनका पक्षमा सशक्त रूपमा अडिग रहन निर्देशन दिनुको साथै बैठकले पार्टीका विषयगत विभाग सञ्चालन नियमावली, २०८१ को संशोधन प्रस्ताव, संगठन विभाग नियमावली, २०८१ र निर्वाचन आयोगको नियमावली, २०८१ पारित गरेको छ।
तेस्रो स्थापना दिवसका अवसरमा पार्टी कार्यवाहक चुनौतीपूर्ण परिस्थितिमा समेत साथ दिँदै आएका सदस्यहरू र शुभेच्छुकहरूप्रति आगामी दिनमा देश निर्माणको महान् उद्देश्यमा निरन्तर साथ र सहकार्यको अपेक्षा सहित कार्यान्वयन गर्ने खालका निर्णयहरुले रास्वपा पार्टीले ६ बुँदामा प्रस्तुत गरि सार्वजनिक गरेको छ ।

