गलकोटका विद्यालयमा वर्षैंदेखि खानेपानीको समस्याको समाधान, २० लाख रुपैयाँको लागतमा १५ विद्यालयमा १६ ‘आरो विधि’ जडान

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । गलकोटका विद्यालयमा वर्षैंदेखि खानेपानी को समस्या रहेकोले मूलबाटै आउने पानीलाई शुद्ध बनाई विद्यालयमा वितरण गर्दा यो समस्याको अन्त्य भएको छ ।

१५ विद्यालयमा १६ ‘आरो विधि’को खानेपानी जडान गरिएको छ । यो विधिले पानीको शुद्धिकरण गरेर सिधै धारोबाटै पिउन योग्य बनाइएको छ । पानी परीक्षण गरेपछि शुद्धिकरणको सुझाव आएको थियो । सो सुझाव अनुसार मूलको पानीलाईसमेत पिउन योग्य बनाइएको हो ।

गलकोट नगरपालिकाले चालु वर्षको २० लाख रुपैयाँको लागतमा माध्यामिक तह सञ्चालन भएका सबै विद्यालयमा यो विधिको धारा निर्माण गरेको हो ।यसअघि अधिकांश बालबालिकाले सिधै मूलको पानी खाने गर्थे । प्राविधिक रुपमा परीक्षण गर्दा ती पानीका मुहान पनि आवश्यकता अनुसारको शुद्धता नपाएपछि हरेक विद्यालयमा कम्तीमा दुई ट्याङ्की राखेर पानी वितरण गरिएको छ ।

एक घर एक धारा अभियानमा पनि गलकोटले सफलता पाउन लागेको छ । ग्रामीण बस्तीमा बाहेक बजार क्षेत्रमा भने हरेक घरमा धारा, शौचालय र सरसफाइका सूचक पूरा भइसकेका छन् । त्यस बाहेक शिक्षामा गुणस्तर बढाउने अभियानमा पनि नगरपालिकाले काम गरिरहेको छ । भौगोलिक रुपमा टाढा भएका बस्तीका बालबालिकालाई आवास व्यवस्थापन गर्ने काम पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *