अध्यक्ष नेपालविरुद्ध बोलेको भन्दै एकीकृत समाजवादीले झाँक्रीलाई सोध्यो स्पष्टीकरण

राजनीति समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीकी नेतृ तथा स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ ।

नेतृ झाक्रीले गत शनिबार रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिय्व्यक्ति बारे स्पष्टीकरण सोधेको हो । नेपालविरुद्ध अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिनमा जवाफ दिन स्पष्टीकरण सोधेको छ ।

पतञ्जली जग्गा प्रकरणमा विशेष अदालत काठमाडौंबाट ३५ लाख धरौटीमा रिहा भएका नेपाल बारे झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि संकट आएको बताउँदै अब काँधमा सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *