त्रिविले विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियत राखेको नेविसंघको आरोप,चरणबद्ध आन्दोलनको समेत चेतावनी

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा विद्यार्थीको अधिकार कुण्ठित गर्ने नियत राखेको आरोप लगाएका छन् ।

संघले त्रिविमा योग्यता र क्षमता (मेरिटोक्रेसी)का आधारमा उपकुलपति नियुक्त हुनुपर्ने माग राख्दै देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गरिरहेको बेला सिनेट बैठक बोलाइएकोप्रति असन्तुष्टि जनाएको हो। विश्वविद्यालयको प्रमुख सरोकारवाला र विधिवत् निर्वाचित प्रतिनिधिहरूलाई सहभागी नगराई गरिएको यस्तो बैठक केवल अलोकतान्त्रिक र अपारदर्शी मात्र नभई सम्पूर्ण विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान भएको बताएको छ ।

नेविसंघले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीका आधिकारिक प्रतिनिधिहरूलाई सहभागी नगराई बोलाइएको बैठक अमान्य हुने भन्दै संघले चरणबद्ध आन्दोलनको चेतावनीसमेत उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *