चारभाईको सेटिङ्गमा श्रममन्त्रालय जोखिममा

राजनीति समाचार

काठमाडौं । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयभित्र मन्त्री र सचिवको दादागिरीले आम नेपालीहरु ठगिन पुगेका छन् ।

मन्त्री र सचिवकै कारण मन्त्रालय वदनाम हुनुको साथै विदेशमा आम नेपालीहरु अलपत्र परिरहेका छन् । उनिहरुलाई उद्दार र राहातको व्यवस्थापन गर्नुको सट्टा मन्त्री र सचिवको सेटिङ्गले मन्त्रालय नै वदनाम हुन पुगेको छ । अर्कोतर्फ वैदेशिक रोजगार विभागमा मानव तस्करी धन्दा फस्टाइराखेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराई र म्यानपावर कम्पनीहरुको सेटिङ्गले अधिकांश नेपालीहरु ठगिन पुगेका छन् । महानिर्देशक भट्टराईले ठगिको केस देखेको नदेखे गरि पिडितहरुलाई पिडा बनाइरहेका छन् । त्यसैगरी मन्त्रालयका सचिव पुष्करहरि कर्णले मन्त्रालयमा काहिँ नभएको जात्रा हाडी गाउँमा भने जस्तै गरी तमाशा देखाइरहेका छन् ।

वैदेशिक रोजगार विभागको इभी गाडी आफैंले प्रयोग गरेका छन् भने तत्कालीन गृहमन्त्रालमा बस्दाखेरी रातो गाडी ६, सात वर्षदेखि दुरुपयोग गरिरहेका छन् । दुरुपयोग मात्रै गरिरहेका छैनन् आफ्नै घरमा लगेर आफ्नै प्यावा झैं गरि परिवारलाई किनमेल र घुमफिरमा दिएका छन् । गृहमन्त्रालयमा बुझाउनु पर्ने गाडी नबुझाएर ६, सात वर्षदेखि सचिव कर्णले प्रयोग गरिरहेका छन् । गृहमन्त्रालयले सो गाडीको खोजीपनि गरेको छैन । अर्कोतर्फ पि.ए.सो राखेर नेपाल सरकारलाई नै लज्जित बनाएका छन् ।

ब्यूरोकेसी भित्र पि.ए.सो राख्ने नियम मुख्यसचिव र गृहसचिवलाई भन्दा अन्य सचिवले राख्न पाउने प्रवाधान छैन । तर, उनै सचिव पुष्करहरिकर्णले राज्य दोहोन गरिराखेका छन् । सचिव कर्णलाई सम्बन्धीत निकायले अनुगमन गरि कार्वाहीको दायरामा ल्याउन सकेको छैन । उनै कर्णले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको गाडी मुख्यसचिव अर्याललाई दिएर आ–आफ्नो कालो कतूर्त लुकाउने काम भइरहेको स्रोतले उल्लेख गरेको छ । मुख्यसचिव र श्रमसचिव कर्णले कमाउ धन्दामा सेटिङ् मिलाएकै कारण श्रम मन्त्रालयको गाडी मुख्यसचिवलाई उपहार दिएको स्रोतले उल्लेख गरेको छ । मुख्यसचिव अर्याल र सचिव कर्ण कै कारण व्यापक रुपमा भ्रष्टाचार फैलिएसँगै सरकारको बदनाम गरेको उच्च कर्मचारी स्रोतले तामाकोशी सन्देश डटकम लाई बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *