काठमाडौं महानगरमा बजेटको आकार २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको सीमा निर्धारण, बजेट आइतबारसम्म आइसक्ने

वाग्मती प्रदेश समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरेको छ।

शुक्रबार मेयर बालेन्द्र साहको कार्यकक्षमा समितिका सदस्य सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसहितको बैठकले बजेटको आकार तय गरेको हो । उपमेयर सुनिता डंगोल र केही प्रतिनिधि वडाध्यक्षहरूसहितको बैठकले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउने गरी सीमा निर्धारण गरेकोछ।

बैठकले आर्थिक तर्फ ३ प्रतिशत, पूर्वाधारतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, सुसासन तथा अन्तरसम्बन्धतर्फ १२ प्रतिशत र कार्यसञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत हुने गरी सीमा निर्धारण गरेको हो ।
काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच महानगरले बजेट समयमै ल्याएका छन् । पाँच महानगरमा सबैभन्दा ठूलो बजेट पोखरा महानगरले ल्याएको थियो । सबैभन्दा सानो आकारको बजेट वीरगञ्जले ल्याएको थियो ।

पोखराले ८ अर्ब ३५ करोडको बजेट ल्याउँदा ३ अर्ब २२ करोड रुपैयाँ बराबरको मात्र ल्याएको थियो । सबैभन्दा ठूलो बजेट ल्याउने काठमाडौंको बजेट आइतबारसम्म आइसक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *