ट्रम्पले मेक्सिको र युरोपेलीबाट आयातहुने बस्तुमा अगस्टदेखि कार्यान्वयनमा लागू हुने गरी ३० प्रतिशत ट्यारिफको घोषणा

विविध समाचार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली युनियन (ईयू)बाट आयात हुने बस्तुहरूमा ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् ।

ईयूले सुरुमा अमेरिकासँग औद्योगिक वस्तुहरूमा शून्य–ट्यारिफ व्यापार सम्झौताको प्रस्ताव गरेको थियो । तर महिनौंसम्मको तनावपूर्ण वार्तापछि पनि कुनै सम्झौता हुन सकेन । त्यसपछि ट्रम्पले शनिबार ट्यारिफको घोषणा १ अगस्टदेखि कार्यान्वयनमा आउने गरी लागू गरेका हुन् ।
उनले यस सम्बन्धमा मेक्सिको र युरोपेली संघलाई पत्र लेखेका थिए, जुन उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

ट्रम्पको यो निर्णयपछि २७ सदस्यीय ईयूले अब अमेरिकी बजारमा गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने देखिएको छ । ईयूले अमेरिकासँग व्यापार सम्झौता गर्न चाहिरहेका बेला ट्रम्पको यो कदमले व्यापार युद्ध (ट्रेड वार) झन् चर्किने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *