मध्यपश्चिम विश्वविद्यालयको सिटेन बैठकबाट एक अर्ब ३६ करोड बजेट स्वीकृत

अर्थ/वाणिज्य शिक्षा/स्वास्थ समाचार

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७औं सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *