जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणले चिसो क्षेत्रमापनि बढ्दै डेंगीका सङ्क्रमित, यि महिनामा डेंगी फैलावटको उच्च जोखिम

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । अहिले जलवायु परिवर्तन र अव्यवस्थित सहरीकरणले चिसो क्षेत्रमापनि डेंगीका बिरामीहरु बाह्रै महिना भेटिन थालेका छन् ।

विगतका वर्षहरुमा साउन, भदौ, असोज, कात्तिक तिर मात्रै देखिने डेंगी आजभोलि हरेक महिना पुष्टि हुन थालेसँगै मानिसहरुको मृत्युदर पनि बर्षेनी बढ्दै गइरहेको छ । अव्यवस्थित सहरीकरण, विकास निर्माण, आवातजावत र सडक सञ्चालको बिस्तार नै डेंगी फैलिनुको मुख्य कारण देखिएको छ । भने अर्कोतर्फ जस्तो सुकै अनुकुल वातावरणमा पनि लामखुट्टेले आफ्नो जिवनयापनलाई ढाल्दै जानुदेखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार साउन, भदौ, असोज, कात्तिक महिना भनेको डेंगी फैलावटको उच्च जोखिम हुने महिना हुन् । यस अवधिमा ६० हजारभन्दा धेरै मानिस डेंगीबाट सङ्क्रमित हुँदै आइरहेको महाशाखाले जनाएको छ ।

डेंगी ‘एडीस एजिप्टी’ र ‘एडीस एल्बोपिक्ट्स्’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । यो जातको लामखुट्टेले प्राय दिनमा टोक्ने गर्दछ । विशेषगरी, घाम उदाएको दुई घण्टा पछि र घाम अस्ताउनु भन्दा दुई घण्टा अघि यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा बढी सचेत हुनुपर्दछ । यसबाट बच्ने उपाय भनेको सरसफाईमा ध्यान दिनुको साथै आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थलहरुमा पानी जम्मा हुन नदिई सफा राख्नुपर्छ । यदि पानी जम्मा भई हालेको खण्डमा हप्तामा दुई पटक पानी फाल्नुको साथै भाँडाकुँडामा पानी जम्मा हुन नदिन घोप्ट्याएर राख्नुपर्छ । सकभर्र घर, आगन वरपरका खाल्डाखुल्डीलाई पुरिदिने गर्नुपर्छ ।

एक्कासि ज्वरो आउने, टाउको, मांसपेशी तथा जोर्नी दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आफ्नो दैनिक,खानपान वा अन्य कामकुरामा रुचि नलाग्ने जस्ता लक्षणहरु देखिएमा तुरुन्त अस्पताल वा स्वास्थ्य चौकीमा गई स्वास्थ्यकर्मीको सल्लाह अनुसार मात्रै औषधी सेवन गर्नुपर्दछ । डेंगीको रोकथाम र नियन्त्रणका लागि विभिन्न देशहरुले आफ्नो प्रविधि, स्रोत, जनशक्ति, रोगको प्रभाव र अन्य स्थानीय परिस्थिति अनुसार फरक–फरक उपायहरु अपनाउँदै आएका छन् । नेपालमा पनि पछिल्लो समय यस्तो अभ्यास भइरहेको छ तर, प्रभावकारी हुन अझैं सकिराखेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *