बंगलादेशमा र्यालीका क्रममा प्रैहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु, नौ जना घाइते

विविध समाचार

काठमाडौं । बंगलादेशमा गोपालगञ्ज शहरमा भएको र्‍यालीको क्रममा प्रहरीले चलाएको गोली लागेर चार जनाको ज्यान गएको छ भने नौ जना घाइते भएका छन्।

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिना शेखको गृह जिल्ला गोपालगञ्ज शहरमा बुधबार नेसनल सिटिजन पार्टी (एनसीपी)आबद्ध युवाहरूको नेतृत्वमा गरिएको ¥याली प्रहरीले नियन्त्रण गर्ने क्रममा गोली लागेर चार जनाको मृत्यु र बाँकी नौ जना घाइते भएका हुन् ।

बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थकहरुले लाठी, ढुंगा, इँटा प्रयोग गरेर प्रहरी, सेना र अर्धसैनिक बलसँग भिडेका थिए । प्रदर्शनकारीहरूले प्रहरी र प्रशासन प्रमुखको सवारीसाधनमा तोडफोड गरेका थिए। साथै एनसीपीको जुलुसमाथि पनि आक्रमण भएपछि सुरक्षाबलहरूले जवाफमा गोली चलाए । भिड तितरबितर पार्न अश्रुग्यास र साउन्ड ग्रिनेडसमेत प्रयोग गरिएको थियो ।

हिंसाको बाबजुद पनि एनसीपी ले गोपालगञ्जमा र्‍याली सम्पन्न गरेको छ। क्षतिग्रस्त मञ्च र बिग्रिएको साउन्ड सिस्टमकैबीच नेताहरूले सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीको कार्यालयले गोपालगञ्जमा बुधबार राति ८ बजेदेखि अर्को २२ घण्टासम्मका लागि कर्फ्यु जारी गर्ने आदेश दिएको छ। गोपालगञ्जमा बंगलादेशको अर्धसैनिक बल बीजीपीका करिब दुई सय जना सैनिक तैनाथ गरिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *