नयाँ आर्थिक वर्ष शुरु भएसँगै ८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबरको राजस्व संकलन,एघार प्रतिशतले वृद्वि

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ आजदेखि शुरु भएको छ ।

सरकारले १५ जेठमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यसमध्ये चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजिगत चार खर्ब ८० अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा एघार दशमलव ३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।
आर्थिक वर्ष २०८१/८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१ दशमलव ६० प्रतिशत राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *