केरुङ्ग तिर जान खोज्दा

लेख विविध

हामी ३ जनाको टोलीमा विना श्रेष्ठ, सुदिल गोपाल आचार्य र म रहेका थियौं । नुवाकोट र रसुवामा जलवायु उत्थानशिलता सम्वन्धी कार्यशाला सञ्चालन गर्ने कार्यक्रम थियो । २०८२ असार १७ देखि १९ सम्म नुवाकोटमा र २० देखि २२ सम्म रसुवाको धुञ्चेमा सो कार्यक्रम सञ्चालन ग¥यौं । हामीलाई यता तर्फको चिनको सिमानासम्म पुग्ने रहर थियो । अझ भनौं केरुङ्ग जाने रहर थियो । मेरो वुझाइमा त केरुङ्ग भनेकै सिमाना होला भन्ने लागेको थियो तर होइन रहेछ । जे भए पनि त्यता जाने ठुलो हुटहुटी थियो । त्यो हुटहुटी पूरा गर्ने सहि मौका मिल्यो । अनी हामी धुञ्चेबाट सिमाना तिर लाग्यौं ।

सिमासम्मको यात्राको मौका

धुञ्चे त धेरै पटक पुगेको थिएँ । तर त्यो भन्दा पर गएको थिईन । केरुङ्ग भन्ने ठाउँ सुनेको त्यहाँ जान पाए हुन्थ्यो भन्ने रहर थियो । यो रहर हाम्रा टिमका ३ नैं जनामा थियो । सोधी खोजी गर्दा जान सकिने भन्ने कुरा भयो तर केरुङ्ग हैन रसुवागढी । केरुङ्ग त चिनमा पर्दो रहेछ । सिमानाबाट पनि २६ किमी टाढा । सिमानासम्म भने पनि पुगौं भन्ने सल्लाह गर्दै हामी बस चढेर धुञ्चेबाट अगाडी वढ्यौं । सानो सडक तर वस अजङ्गको बेला बेलामा डर लागि रह्यो । भित्तापट्टि टुप्पो नैं नदेखिने पहरो वा भिर । भीरबाट हावाले पनि पत्थर खसाउला भन्ने पिरलो । ठाउँठाउँमा पहिरो दृश्य देखिथ्यो । करिव १६ किलोमिटरको यात्रामा गोसाईकुण्ड गाउँपालिकाको केन्द्र स्याफ्रु पुग्यौं । ठिकैको वजार रहेछ । होटल सुविधा राम्रो छ जस्तो लाग्यो ।

टाढा हैन तर कठिन

धुञ्चेबाट भार्खु, स्याफ्रु हुँदै ३० किलोमिटर यात्रा गरे पछि टिमुरे पुगि गाडी रोकियो । हामी बसबाट झ¥यौं । हाम्रो सम्पर्क व्यक्ति दोलखाको सुनखानी निवासी गोकुल शिवाकोटी हुनुहुन्थ्यो । उहाँसँगको समन्वयमा नैं हामी त्यहाँ ओर्लियौं । मेरो पनि पहिलो भेट थियो उहाँसँग । उहाँको दाई गणेश शिवाकोटीसँग पूरानो समय देखिको चिनजान उहाँले नैं दिएको फोन नं मार्फत गोकुल शिवाकोटीसँग नियमित सम्पर्क भैरहेको थियो । उहाँसँग भेट भयो । नयाँ ठाउँ स्मरण हुन्छ भनी फोटो खिच्यौं । तर ठाउँले आकर्षण गरेन । विरक्त लाग्दो नैं ठाउँ थियो । तल भोटेकोशी वगेको छ । वारीपारी ठुला ठुला पहरा भएको पहाड छ । कतिबेला के आएर थिच्ने हो भने जस्तो लागि रह्यो । त्यती नैै बेला काठमाडौं तिर मुख पर्खाएको एक हाइलेक्स गाडीको चालकले ‘काठमाडौं जाने हो ?’ भने । हैन, भोलीसम्म बस्नुस अनी जाउँला भनें । गोकुल शिवाकोटीलाई सोधें यहाँ हेर्ने कुरा के छ ? त्यस्तो केही छैन पुलमा जाने फोटो खिच्ने त्यती हो भन्नु भयो । हामीलाई काठमाडौं फर्कने मन भयो । वस्ने होटल पाउन पनि मुस्कील नैं पर्ने रहेछ । घुम्ने ठाउँ पनि केही छैन । चिन तर्फ जान दिँदैन भन्ने सुनियो । त्यसो भए पुलमा पुगेर फोटो खिचौं, अनी यहि गाडीमा जाउँ भनि सल्लाह ग¥यौं । त्यही गाडीमा सिमाना पुल तिर गयौं । टिमुरेबाट केही मिनेटमा घट्टे खोला भन्ने स्थान आउँदो रहेछ । त्यहाँ सानो वजार जस्तै रहेछ । सडकमा केरुङ्ग सामान लिन जाने डिब्बा लाम लागेर बसेका छन्, कमिलाको ताँती झैं । सडक देखि ओल्लो पल्लो अलिकति खाली ठाउँ हुनासाथ त्यहाँ चरिकोट तिर चल्ने खाल्का इभि कोचाकोच गरि राखेको पाइयो ।

हामी घट्टेखोला भन्ने स्थानबाट फेरी केही मिनेटमा रसुवागढी पुग्यौं । त्यहाँ गाडी रोकियो । सिमा पुल तिर गयौं । त्यहाँ मलाई चिन्ने आफन्त भन्सारमा जागिर गर्नु हुँदो रहेछ जिलुको हरि प्रसाद सापकोटा । उहाँसँग संक्षिप्त कुराकानी भयो । सिमा पुलको विचमा पुगेर विचको वार भन्दा केही पाइला चिन तर्फ पुगि फोटो खिचेर विदेश पुगेको तिर्सना मेट्यौं । पुलमा नैं रहेर फोटो खिच्यौं । भिडियो बनायौं । वरीपरीको प्राकृतिक अवस्था हे¥यौं । चिन तर्फको चिल्लो सडक देखिन्थ्यौं । हाम्रा तिरको हालत मनमनैं विरत्तियौं । यहाँबाट २६ किमि टाढा केरुङ्ग बजार छ रे । त्यो काठमाडौं उपत्यका जस्तै छ भन्दै हुनुहुन्थ्यो गोकुल शिवाकोटी । भोटेकाशी नदीमा चिन तर्फ तटवन्ध वनाएको रहेछ तर नेपाल तर्फ प्राकृतिक पहरो नैं भएको तटवन्द गर्नु नपरेको दृश्य पुल भन्दा मास्तीरको भागमा देख्यौं ।

चिन र नेपालको समय २ घण्टाको फरक रहेछ । हाम्रोमा ३ वज्दा उता ५ वजिसक्दो रहेछ । अनी पुलको गेट वन्द गरिंदो रहेछ । मानसरोवर यात्रा गर्नेहरुले यहि मार्ग प्रयोग गर्ने धेरै हुँदारहेछन् । यहाँबाट मानसरोवर पुग्न १ हजार ४ सय भन्दा केही वढि किलोमिटर यात्रा गर्नु पर्ने छ । रसुवागढीबाट केरुङ्गसम्म सामान लिन नेपाली ट्याक्टर वा डिब्बावाला सवारी साधान जाँदो रहेछ । तर यहाँबाट गाडी चलाउने चालक चाँही रसुवावासी मात्रै हुनु पर्ने रहेछ । नेपालका रसुवा वाहेकका अरु जिल्लाका चालकलाई त्यो अनुमति छैन रे । त्यसैले रसुवाका मानिस अधिकांशको आर्थिक जिवनस्तर उकास्न चिनको यो नीतिले प्रभावकारी काम गरेको पाइयो । रसुवागढीबाट केरुङ्ग सवारी साधान लगेर ल्याएको रु १० हजार लिने चलन छ रे ।

यताउता घुम्दाघुम्दै फोटो खिच्दाखिच्दै झण्डै चार वज्नै लागि सकेछ । सिमाना नजिकै रसुवागढी जलविधुत् आयोजना स्थल रहेछ । यो भोटेकोशीमा धेरैवटा जलविधुत् आयोजनाहरु देख्न पाइयो । हामी गफ गर्दै आयौं । त्यहाँ वस्न नपरेको र फर्कन पाएकोमा दङ्ग थियौं । उहि सडक उहि भुगोलको चर्चा गर्दै फर्कियौं । फरक थियो हाम्रो गाडी र चालक । चालक विराटनगर तिरका शाह थरका थिए । उनीलाई यताको भुगोलका वारेमा थाहा रहेछ । सुनाए । भोटेकोशीको किनारै किनार सडक वनिरहेको वताए । त्यसो भएमा धुञ्चे नउक्लीकन एकै पटक रसुवा र नुवाकोटको सिमा क्षेत्र वेत्रावती आउन सक्ने रहेछ । सडकको आकार मात्रै हैन केही ठाउँमा कालोपत्रे पनि भएको छ भन्दै थिए चालक शाह ।

हामी धुञ्चे, राम्चे, कालिकास्थान, वेत्रावती हुँदै विदुर आयौं । बट्टारमा एक एक कप विन कफि पियौं । यति बेलासम्म रात परिसकेको थियो । लिखु, शिवपुरी हुँदै टोखा तर्फको बाटो हुँदै रातको करिव १० बजे तिर हामी आआफ्नो बासस्थानमा पुग्यौं । धेरै वर्ष देखिको रसुवागढी तर्फको नाका पुग्ने रहर आजको दिन पूरा गरियो । सुखद कुरा त एकै दिनमा सिमाना पुगि घरै आइपुग्यौं । मौका पर्दा केरुङ्ग जाने रहर भने वाँकी नैं छ । सिमाको मितेरी पुलमा फोटो खिचेका थियौं । त्यो अवसर कहिले नआउने भएछ । हामी रसुवागढीबाट हिडेंको ३६ घण्टा पनि नपुग्दै वाढीले वगाएछ । सुन्दै आङ्ग जिरिङ्ग भयो । क्रमसः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *