काठमाडौं । ओली सरकारका एक पछि अर्काे मन्त्रीहरु बदनामीमा मुछिएका छन् । केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलिको इच्छा अनुसार चल्न इन्कार गर्दा विद्या भट्टराई शिक्षा मन्त्रीबाट हट्नु परेको थियो । भने जग्गा दलालीहरुको स्वार्थमा लाग्दा मन्त्री राजकुमार गुप्ता मन्त्री बनेको बर्ष दिनमै मन्त्री पद त्याग्नु प¥र्यो ।
विचौलियासँग ७८ लाखको डिल भएको भन्ने आरोपमा विवादहुँदा मन्त्री पद नै छाड्नु परेको छ । यही प्रकरणमा मुछिएका छन्,अर्काे मन्त्री बलराम अधिकारी । अधिकारी ओली सरकारका सबैभन्दा भ्रष्ट,विवादित र आलोचित मन्त्रीमा परेका छन् र दीपक खड्कालाई जलश्रोत बाट करोडौं उठाइरहेको आरोप छ । रमेश लेखकमाथि भिजिट भिसा प्रकरण लागेको छ । लेखकले दैनिक ५० लाख बुझेको आरोप त्यत्तिकै थियो । तर उनीमाथि कुनै अनुसन्धान हुन सकेको छैन । जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गरी ठेकेदारबीच चेक लेनदेन गराएको प्रकरणदेखि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने बिषयमा मन्त्री दीपक खड्का बदनाम भएका थिए ।
शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्नै,पिताका नाममा करोडौं बजेटका योजना छुट्टाएका कारण सबैभन्दा बढी आलोचित छन् उनी । नेपाल धितोपत्र वोर्डदेखि वीमा प्राधिकरणसम्म विचौलिया दीपक भट्टका पात्र सन्तोषनारायण श्रेष्ठ र शरद ओझाको नियुक्ति प्रकरणमा विष्णु पौडेलसमेत बदनाम भएका थिए । यस्तै नेप्सेमा चन्द्र ढकालको गोजीको पात्र चुडामणि चापागाईको नियुक्ति प्रकरणले पनि मन्त्री विवादमा छन् । परराष्ट्र मन्त्री आरजु राणा एक बर्षमा सबैभन्दा धेरै विदेश घुम्ने मन्त्रीका रुपमा विवादित छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्री पाण्डेमाथि उनकै पार्टीका सांसदहरुले सिधै घुस लिएको आरोप लगाइरहेका छन् । आफ्नै पार्टीका अध्यक्षलाई सरकारी गाडी,पार्टी अध्यक्षको छोरीलाई सरकारी नियुक्तिदेखि लाशको पैसामा विदेश शयर गरी ६० लाख बढी उडाएको कारण श्रममन्त्री विवादित छन् ।
उद्योगीहरु पोस्ने गरी एक पछि अर्काे नीति लिएका कारण उद्योग मन्त्री विवादित छन् । वर्तमान ओली सरकार बनेको बर्ष दिन पूरा भएको छ । ओली क्याविनेटका एक मात्र सदस्य रक्षामन्त्री मानवीर राई बाहेक हरेक मन्त्री विभिन्न फन्दामा फसेका छन् । दुई तिहाई नजिकको बहुमत रहेको सरकार जनप्रिय भन्दा आफू र आफ्ना आसे पासे पोस्ने, गोजी भर्ने काममा अल्झिदा ओली सरकार बदनाम हुँदै गएका छन् ।

