‘कुलिङ अफ पिरियड’लाई गलत ढङ्गले व्याख्या गरिएको भन्दै सांसद डाक्टर शाक्यको आपत्ति

राजनीति समाचार

काठमाडौं । राष्ट्रियसभाकी सांसद डाक्टर अञ्जान शाक्यले राष्ट्रियसभा विधेयकमा संशोधनलाई गलत ढङ्गले व्याख्या गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।

उनले ‘कुलिङ अफ पिरियड’ सम्बन्धमा सरकारको प्राथमिकतामा परेको ‘स्वार्थको द्वन्द्व व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको (सीओआई) विधेयकसँग सम्बन्धित भएकाले यस विधेयकबाट हटाउने’ भन्ने उल्लेख गरे पनि सङ्घीय निजामती सेवा विधेयक २०८० मा प्राप्त संशोधन प्रस्तावको एकीकृत विवरणमा फरक ढङ्गले आएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । प्रतिनिधिसभाले सरकारी कर्मचारीका लागि २ वर्ष ‘कुलिङ अफ पिरियड’ को प्रावधानसहित विधेयक पारित गरेर राष्ट्रियसभामा पठाएको छ । सोही विधेयक अहिले राष्ट्रियसभामा पनि छलफलका क्रममा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *