बोल बम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति

विविध समाचार

काठमाडौं । साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौं भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् ।

प्रत्येक वर्ष साउन महिनाको सोमबार बागमती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका हुन् ।

आजको बोल बम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *