काठमाडौं । बैतडीको दशरथ चन्द राजमार्ग पुर्णरुपमा अवरुद्ध भएको छ ।
मंगलबार बिहान बैतडीको पाटन नगरपालिका जेउडेस्थित दशरथ चन्द राजमार्गमा पाटन(दार्चुला सडक खण्डमा सड्क माथीबाट पहिरो आई पुर्णरुपमा अबरोध भएको प्रहरीले जनाएको छ । हाल प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

