काठमाडौं । रुकुम पूर्व पहाडी लोक मार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ ।
बुधबार बिहान रुकुम पूर्वको भुमे गाउँपालिका काँडाबगरस्थित मध्ये पहाडी लोक मार्गमा सडक माथिबाट ढुङगासहितको सुख्खा पहिरो झरि सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको बताएको छ ।

