एएफसी यू–२३ एशिया कप छनौटमा आज नेपालले ताजिकिस्तानको सामना गर्दै

खेलकुद समाचार

काठमाडौं। एएफसी यू–२३ पुरुष फुटबल एशिया कप छनौंट अन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दै छ ।

नेपालले आज ताजिकिस्तानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि ताजकिस्तानको दुशान्बेस्थित सेन्ट्रल स्टेडियममा शुरु हुँदैछ।एएफसी यू–२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले अर्को खेल सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।

समुह चरणका खेलपछि शिर्ष स्थानमा रहने देश यू–२३ एशिया कपमा छनौट हुने छ भने समुहमा दोस्रो स्थानमा रहने शिर्ष चार देशपनि एशिया कपमा छनौट हुने छन् ।अखिल नेपाल फुटबल संघ ९एन्फा० का अनुसार मुख्य प्रशिक्षक नविन न्यौपानेको नेतृत्वमा २३ सदस्यीय नेपाली टिम ताजकिस्तान पुगेको छ ।

नेपाली यू–२३ टिममा गोलकिपरमा कृष्णा मोक्तान, अमित टमटा र विशाल केसी रहेका छन् भने डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु र सेमन्त थापा रहेका छन् । त्यस्तै मिडफिल्डरमा अभिषेक सेङटाङ, आयुष घलान, आरोन थापा, निरज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुञ्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् भने फरवार्डमा रोहन खड्गी र निरजन धामी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *