कन्सलटेन्सीद्वारा अर्बौंको राजस्व छली, राज्य निकम्मा

राजनीति शिक्षा/स्वास्थ समाचार

काठमाडौं । राजनीतिक दल र कर्मचारीतन्त्रकै कारण देशमा विकास र सुशासन हुन छाडेको छ । त्यसैको कारण आमसर्वसाधारण जनतादेखि विद्यार्थीहरू अध्ययन र रोजीरोटीको खोजीमा विदेशिने लर्को दिनप्रतिदिन बढिरहेको छ । एकातिर म्यानपावर कम्पनीहरूले सर्वसाधारणलाई खाडी मुलुकमा बेचिरहेका छन् भने अर्कोतिर कन्सल्ट्यान्सीहरूले खोजीखोजी विद्यार्थीलाई विभिन्न देशमा बेचिरहेका छन् । म्यानपावर कम्पनी र कन्सलटेन्सीहरूले खुलमखुला रुपमा मानव तस्करी गरिरहँदा राज्यका सम्बन्धित निकायहरू निकम्मा बनिरहेका छन् ।

कन्सलटेन्सीहरूले राजधानीदेखि ग्रामीण क्षेत्रमा समेत पुगेर विद्यार्थीहरू खोजीखोजी विभिन्न देशमा पठाउने काम गरिरहेका छन् । नेपालमा खोलिएका त्यस्ता कन्सल्टेन्सीहरू महंगो शुल्क लिई विद्यार्थीहरू ठगेर विदेश पठाइरहँदा शिक्षा मन्त्रालय बेखबर बनिरहेको छ । नेपालमा रहेका अधिकांश कन्सल्टेन्सीहरूले विदेशमा दर्ता गर्ने, नेपालमा घर भाडामा लिने, आकर्षक होडिङ बोर्ड राख्ने र ल्याटप झोलामा बोकेर विद्यार्थी खोज्न गाउँगाउँ घुम्ने गर्दछन् । त्यस्ता कन्सल्टेन्सीहरू नेपालमा दर्ता गरिएको पाइँदैन । विदेशमा दर्ता गरिएका अधिकांश कन्सल्टेन्सीहरूले नेपालमा विचौलियाको काम गर्ने गर्दछन् । दर्ता नगरेपछि कर पनि तिर्नु नपर्ने ।

उनीहरू मार्फत् विदेश गएका विद्यार्थी अलपत्र परेको खण्डमा जवाफदेही हुनु पनि नपर्ने भएकाले अधिकांश नेपालमा होडिङ बोर्ड राखेर कन्सलटेन्सी चलाउनेहरू ब्यापक छन् । त्यस्ता कन्सलटेन्सी सञ्चालकहरूलाई वाणिज्य तथा आपूर्ति विभागले अनुगमन गरेको पाइँदैन । गरोस् पनि कसरी यस्ता कन्सलटेन्सी सञ्चालन गर्नेहरू अधिकांश राजनीतिक दलका कार्यकर्ता, शिक्षामन्त्रालयका कर्मचारी र उच्च प्रशासकहरूको संलग्नता हुने गरेको पाइन्छ । त्यसकारण यस्ता कन्सलटेन्सीहरूबाट राज्यले अर्बौंको राजस्व गुमाईं रहेको छ । तर, सम्बन्धित निकायले त्यस्ता कन्सलटेन्सीहरूलाई कारबाही गर्न सकेको छैन ।

कन्सलटेन्सीद्वारा अर्बौंको राजस्व छली, राज्य निकम्मा:ः ग्लोबल रिसर्च कन्सलटेन्सी, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस, ओली एण्ड एशोसिएसन, एईसीओ ग्लोबल, ग्रेस इन्टरनेसनल ग्रुप, इन्सटा एजुकेसन एण्ड भिसा सर्भिस, फेवा एजुकेसन एण्ड माइग्रेसन मन्डला कन्सलटेन्सी, स्मार्ट स्टडी अस्ट्रेलिया, मेरिट एजुकेसन एण्ड माइग्रेसन सर्भिस, अक्सफर्ड एजुकेशन एण्ड भिसा बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी, एजुकेसन हब ग्लोबल, आवर्र ड्रिम एशोसियसन प्रा.लि. सोल्भ एजुकेशन, मन्त्रा एजुकेशन एण्ड माइग्रेसन, एमजी एशोसियर्स एजुकेसन एण्ड माइग्रेसन, प्रिमो एजुकेसन एण्ड भिसा सर्भिस, अस्लि ग्लोबल एजुकेसन एण्ड माइग्रेसन, अस स्टडिज कन्सलटेन्स, लक्की एजुकेसन एण्ड माइग्रेस सर्भिस, टीम कन्सल्ट प्रा.लि. क्लिक कन्सल्टिङ्ग ग्रुप, फर्दर एजुकेसन एण्ड एजुकेसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज, बाबा एजुकेसन कन्सलटेन्सिी, यस स्टडी, वेएस्ट लिङ्क एजुकेशन एण्ड भिसा सर्भिस, भाइब्रेन्ट एजुकेशन एण्ड माइग्रेसन सर्भिस, टी डब्ल्यू जीजी एजुकेशन एण्ड माइग्रेसन, एबीसी ग्लोबल, जेन्यून एजुकेशन एण्ड माइग्रेसन सलुसन, डाँफे कन्सल्टेन्सी, मेलबोर्न असिन कन्सल्टेन्ट, म्यक्सिमम एजुकेशन एण्ड माइग्रेसन, सिन्सियर माइग्रेसन सर्भिस, आइसिएस इनटरनेशनल एण्ड माइग्रेसन, मिरल ग्लोबल इडियु, सक्सेस एजुकेसन एण्ड माइग्रेसन कन्सल्टेन्ट, एडमायर इनटरनेसनल, गुडलक एजुकेसन एण्ड माइग्रेसन, सिन्सियर माइग्रेसन एण्ड एजुकेसन, जेन माइग्रेसन, भिसा डाइरेक्ट माइग्रेसन एण्ड एजुकेसन सर्भिस, म्यारिज कन्सल्टेन्सी प्रा.लि, हिमालयन बिजेनेश ग्रुप, एजुकेसन एण्ड भिसा सर्भिस, केबीए ग्लोबल प्रा.लि. ग्लोबल मिट एजुकेसन एण्ड भिसा सर्भिस, स्मार्ट डाइरेक्सन एजुकेसन एण्ड भिसा सर्भिस, हन्डे«ट प्रसेन्ट स्कोलर, थ्रीबीज एजुकेसन एण्ड भिसा सर्भिस, भिसा अलाइन्स, फ्लाइङ्ग कङ्गारो ग्लोबल कन्सल्टेन्ट, फरेन एजुकेसन एण्ड भिसा सर्भिस, भी.एक्स.एल माइग्रेसन एण्ड एजुकेसन कन्सल्टेन्सी र लियो कन्सल्टिङ्ग रहेका छन् । नेपाल र अस्टे«लियामा भएका कन्सलटेन्सीका शाखाहरूः नेप्कम्स सर्भिस, द नेक्सट एजुकेशन एण्ड माइग्रेसन सर्भिस प्रा.लि, कङ्गारो ग्रुप अफ कम्पनिज, एई ग्लोबल इन्टरनेशनल, केआईईसी ग्लोबल, एआईपी एजुकेसन र युनिकम्पस ग्लोबल रहेका छन् । यस्ता कन्सल्टेन्सि शाखाहरू विदेशमा खोली नेपालमा बोर्ड राखेर विद्यार्थीहरू बेचिरहँदा पनि राज्यका निकायहरू निकम्बा बन्न पुगेका छन् । यी कन्सल्टेन्सिहरूले विद्यार्थीहरू बेचिनै रहेका छन्, भोलि विद्यार्थीहरूमाथि आइपर्ने समस्याको समाधान गर्न कसले जिम्मेवारी लिने हो, यो समस्याको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *