युक्रेन युद्धमा मारिएका उत्तर कोरियाली सेनाप्रति किमको सम्मान

विविध समाचार

काठमाडौं । उत्तर कोरियाली तानाशाह किम जोङ उनले रुसको लागि युक्रेन विरुद्धको युद्धमा भाग लिने उत्तर कोरियाली सैनिकहरूलाई बहादुर भनेका छन् ।

उत्तर कोरियाको सरकारी मिडिया केसीएनएले शुक्रबार रुसबाट फर्केका सैनिकहरूका लागि कन्सर्ट र शहीद सैनिकहरूका परिवारहरूसँग रात्रिभोज आयोजना गरिएको रिपोर्ट गरेको छ । यस समारोहमा किमले विदेशी अपरेशनमा संलग्न सैनिकहरूलाई सम्मान गर्दै,‘हाम्रो सेनाले देशको शक्ति प्रमाणित गरेकोमा कुनै शंका छैन ।’भनि उल्लेख गरेका थिए ।

यसअघि बिहीबार किमले विदेशी अपरेशनका अधिकारीहरूलाई भेटेर युक्रेनमा मारिएका सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । उत्तर कोरियाली सांसदहरूका अनुसार रुसको लागि लड्दा लगभग ६ सय सैनिक मारिएको बताइएको छ । रुसको पक्षमा युक्रेन युद्धमा कुल १५ हजार उत्तर कोरियाली सैनिक तैनाथ गरिएको विभिन्न रिपोर्टमा दाबि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *