काठमाडौं । पछिल्लो एक सातामा देशभर दुई सय ११ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्यांक अनुसार नेपालमा डेंगु संक्रमणको संख्या तीन हजार दुई सय ४७ पुगेको जनाएको छ । यो सँगै संक्रमितको संख्या थप बढ्ने उल्लेख गरेको छ ।
७४ वटा जिल्लामा फैलिएको डेंगु सबैभन्दा धेरै गण्डकी प्रदेशमा नौ सय १४ जनामा देखिएको छ । त्यस्तै बागमतीमा ६ सय ७५, कोशीमा ५ सय ६८, लुम्बिनीमा ५ सय ५१, सुदूरपश्चिममा ३ सय ८४, कर्णालीमा ९३ र मधेश प्रदेशमा ६२ जनामा डेंगुको संक्रमण देखिएको ईडीसीडीले जनाएको हो। वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो समयमा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरू सुझाउँछन् ।

