सिभिल अस्पतालमा आजका सबै ओपीडी सेवा बन्द

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । काठमाडौंको सिभिल अस्पतालले आजका सबै ओपीडी सेवाहरू बन्द गरेको छ।

सोमबार जेनजीको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार भइरहेका कारण आज मंगलबार अस्पतालका सबै ओपीडी सेवाहरू बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सिभिल अस्पतालमा एक सय ४१ जनाको उपचार गरिएको र थप उपचारका लागि ४२ जनालाई अन्य अस्पतालमा रेफर गरिएको जानकारी दिएको छ । साथै अस्पतालमा उपचारका क्रममा तीन जनाको निधन भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *