संघीय मन्त्रालयमा वर्षौंदेखि डेरा जमाउनेहरुको निदहराम

प्रशासन समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विगत लामो समयदेखि जरा गाडेर बस्ने कर्मचारीहरुको होसहवास उड्ने थालेको छ ।

किन कि संघीयमन्त्री भगवती न्यौपानेले एउटै अड्डामा वर्षौंदेखि डेरा जमाएर ढलिमली गरेका कर्मचारीहरुलाई अन्यत्र सरुवा गर्ने भएपछि त्यस्ता कर्मचारीहरुको निद हराम हुन पुगेको छ । संघीय मन्त्रालयमा तरमारिरहेका कर्मचारीहरुमा शाखा अधिकृतहरु हरि प्रसाद पौडेल ७ बर्ष, पवन गुप्ता ३ बर्ष, दिपेश कट्टेल ५ वर्ष, प्रज्ञा ढकाल र प्रकाश पन्थी दुई वर्षभन्दा बढी, संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा हेर्ने सुदिप सापकोटा विगत ४ बर्षदेखि, हरिप्रसाद दाहाल ३ बर्ष भन्दाबढी, नेपाल निजामती कर्मचारी संगठनका पूर्वअध्यक्ष लेखनाथ भट्टराई संघीय मन्त्रालयमा बसेको ११ बर्षभन्दा बढी भइसकेको छ । त्यसैगरी खगेन्द्र पौडेल ५ बर्ष, गौरव पन्थी ४ बर्षदेखि गोविन्द केसी, द्रोण निरौलाहरु ५ बर्षभन्दा बढी, जयराम उप्रेती ४ बर्ष, सन्तोष खत्री ५ बर्ष, चन्द्र सिंह श्रेष्ठ ५ बर्ष, गंगा बहादुर थापा ८ र गौरव पन्थीहरु ११ बर्षदेखि संघीय मन्त्रालयमा कार्यरत रहेको बताइन्छ ।

त्यस्तै अविलाल राई ५ बर्ष, अक्कल महर्जन कर्मचारी समायोजन हुँदादेखि सोही मन्त्रालयमा रहेका छन् । त्यस्तै नेपाल निजामती कर्मचारी संगठनका महासचिव नासु रामचन्द्र अधिकारी (आरसी) ११ वर्ष, तेजनारायण पौडेल ५ बर्ष, रिना महर्जन ७ बर्ष, पुष्प रेग्मी ५ बर्ष, नारायण बस्नेत १० बर्ष र गोविन्द फुँयालहरुले ७ बर्षदेखि सोही मन्त्रालयमा तरमारिरहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लामो समयदेखि एउटै पदमा कार्यरत ‘रैथाने’ कर्मचारीहरूको उपस्थितिले मन्त्रालयभित्र प्रशासनिक प्रणालीमा असन्तुलन बढ्दै गएको छ । स्रोतका अनुसार, नयाँ नियुक्ति, सरुवा, बढुवा र कर्मचारी समायोजनमा समस्या देखिएको छ । संघीय मन्त्रालयमा यस्ता कर्मचारीहरु विगत लामो समयदेखि बस्ने कारणले भ्रष्टाचार, विकृति, विसंगति झाँगिनुका साथै मन्त्रीहरु पनि असफल हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *