प्रेस पास र प्रेस जकेटको दुरुपयोगले पत्रकारको धज्जी उड्दै

पत्र-पत्रिका समाचार

काठमाडौं। राज्यले पत्रकारहरुलाई देशको चौथो अंगको रुपमा दर्ज गरे तापनि पछिल्लो समय वास्तविक पत्रकारहरुभन्दा गैरपत्रकारहरु हावी हुँदै गएका छन् ।

देशमा संकट आएको खण्डमा पत्रकारहरु फिल्डमा खटिनुपर्ने हुन्छ । तर, फिल्डमा खटिने पत्रकारभन्दा गैरपत्रकारहरु प्रेस जकेट र नक्कली प्रेसपास देखाएर घुसपैठ गर्ने काम गर्दै आएका छन् । पत्रकारको नाममा घुसपैठ गरेर गएका गैरपत्रकारहरुले सामाजिक सञ्जालमार्फत प्रशासरण गरिने समाचार, सन्देश र भ्रामक भिडियोहरुले समाजमा अफवाह फैलाउने, नकरात्मक विचार, बहस र छलफल गराउने, समाजलाई भड्काउने, राम्रो र सत्य कुराभन्दा झुठ र भ्रम फैसाउने काम गर्दै आएका छन् ।

त्यस्ता पत्रकारहरुको सूचनालाई आधारमा समाज भड्किँदा देशले आज यो दूर्गती भोग्नुपरेको छ । जब देश संकटमा आइपर्छ त्यसपछि प्रेस जकेट र प्रेस पासको किनबेच सुरु हुन्छ । त्यसले गर्दा वास्तविक पत्रकारहरु ओझेलमा पर्दै गएका छन् । त्यसको उदाहरण लिन सकिन्छ गत भदौ २३ गते जेन–जी पुस्ताले गरेको आन्दोलनलाई । त्यो आन्दोलनमा फ्रन्ट लाइनमा प्रेस जकेट लगाएर उभिने धेरैजसो गैरपत्रकार भएको बताइन्छ ।

२०८२ भदौ २४ देखि २७ गतेसम्म नेपाली सेनाले कफ्र्यू आदेश जारी गरेपछि बागबजारका गल्ली–गल्लीमा प्रेस ज्याकेट र नक्कली प्रेसपास विक्रीवितरण गर्नेको भीड देखिन्थ्यो । भूकम्प, बाढीपहिरो, कोरोना कहर र विभिन्न समयमा हुने गरेको राजनीतिक तथा अधिकारका आन्दोलनका बेला प्रेस जटेक र नक्कली प्रेसपास गैरपत्रकारहरुलाई विक्रीवितरण गर्ने कार्य फस्टाउँदै आएको छ । यस्ता कार्यले गर्दा वास्तविक पत्रकारहरुको धज्जी उड्ने गरेको छ ।

वास्तविक पत्रकारहरु फिल्डमा उत्रिने अवस्था छैन । पत्रकारहरुलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले विभिन्न बहानामा हतोत्साहित बनाउने रिपोर्टिङ गर्न गाह्रो बनाउने काम गर्दै आएका छन् । तर, प्रेस जकेट लगाएर मोबाइलमा भिडियो खिचेजस्तो गरेर गैरपत्रकारहरु बाइकमा ओहोरदोहोर गर्ने र हिड्ने कारणले आन्दोलनकारीलाई भड्काउने उत्तेजित बनाउने गरेको देखिन्थे । उत्तेजित भीडको भिडियो खिचेर सामाजिक सञ्चाजलमा पोष्ट गर्ने र जनतामा अफवाह फैलाएर भीउज बढाउने काम गरिराखेका थिए ।

अर्कोतर्फ प्रेस लेखेको जकेट र नक्कली प्रेस पास प्रयोग गरेर सुरक्षाकर्मी र जनतामा भ्रम छर्ने काम गरेर आफ्नो फाइदा उठाइरहेका थिए । सूचना तथा प्रशारण विभागले उपलब्ध गराएको पत्रकार परिचयपत्रलाई मान्यता नदिने तर प्रेस जकेट र आफैंले बनाएको नक्कली प्रेसपासलाई मान्यता दिने गरिएको पाइन्थ्यो । सुरक्षा निकायले पनि प्रेस देखेपछि छाडिने गरेको थियो । त्यसले गर्दा वास्तविक पत्रकारहरुको धज्जी उडाउने काम भइरहेको छ ।

त्यसबारे नेपाल पत्रकार महासंघ, विभिन्न दलनिकट पत्रकारका संघसंगठनहरु र सम्बन्धित निकायले त्यसविरुद्ध आवाज उठाउन सकेका छैनन् । नक्कली परिचयपत्र देखाएर ठगी गर्ने पत्रकारको नाममा मात्रै नभएर विभिन्न संघ, संस्थाका प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मीको पनि नक्कली पास बनाएर ठगी गर्नेहरु त्यत्तिकै छन् । त्यसमा कसैले पत्रकार हुँ भनेर, कसैले कर्मचारी भनेर त कसैले सुरक्षाकर्मी भनेर जनता र सुरक्षाकर्मीलाई भ्रममा पार्ने काम गरेका छन् । तर, राज्यका सम्बन्धित निकायले यस्ता विषयमा अनविज्ञ जस्तै भएर बसेको छ । यस्ता क्रियाकलापले गर्दा वास्तविक पत्रकारप्रति दिनप्रतिदिन विश्वास गुम्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *