सात महिना अगावै पुल निर्माणको काम सम्पन्न

विविध समाचार

काठमाडौं । गोरखाको पालुङ्टार नगरपालिका– ९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ ।

अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको श्रीगणेश अमृत जेभी कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो । फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।

सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको थियो । अठार महिनामा सम्पन्न गर्ने सम्झौता भए पनि करिब नौ महिनाभित्र काम सम्पन्न गर्नु अरु निर्माण व्यवसायीका लागि यो सबक भएको छ ।पच्चीस मिटर लामो र ८.४ मिटर चौडाइ रहेको निर्माणाधीन ढुङ्गेटारीस्थित खारखोला पुलको लागत दुई करोड ७५ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *