वन संरक्षण योद्धा सम्मानर वन कार्ययोजना पुर्नलेखनमा धादिङ्ग

Uncategorized राजनीति लेख

विक्रम सम्वत २०३० को दशकमा भएको वन विनासको दर हेरेर नेपाल मरुभूमिमा परिणत हुन सक्ने आंकलन गरिएको थियो । राज्य संयन्त्र समेत चिन्तीत भयो । दातृ देशको समेत चासो वढ्यो । वन विनासको दर रोक्न अनेकानेक कोशिस भयो । जनतालाई वनबाट टाढा राखेर हुन्न ।

जनतालाई वनसँग नजिक वनाउनु पर्दछ । जनतालाई वन संरक्षणको जिम्मा लगाउनु पर्दछ भन्ने सोच विकास भैं वन संरक्षणका अवधारणाहरु सुरु हुन थाल्यो । फलत नेपालमा सामुदायिक वनको अवधारणा सुरु भयो । तिनदशक अघिसम्म झण्डै ४० प्रतिशत भएको नेपालको वन क्षेत्र अहिले वढेर ४६ प्रतिशत नाघी सकेको छ । यो अभियानका कंयौ मानिसको योगदान रहेको छ । यस्ता संरक्षणकर्मीहरुलाई राज्यको संरचना मार्फत सम्मानको कोशिस भएको छ ।

धादिङ्गको प्रयास

पहिला जिल्ला वन कार्यालय भनिथ्यो अहिले डिभिजन वन कार्यालय भनिन्छ । धादिङ्ग डिभिजन वन कार्यालयको प्रमुख बिष्णु प्रसाद आचार्य हुनुहुन्छ । उहाँ वन क्षेत्रमा जिल्ला स्तरमा नयाँ नयाँ कामको अभ्यास गर्ने मध्येमा पर्नु हुन्छ । केही दिन अघि ‘भाईसाहेब वन संरक्षण योद्धा गर्नु प¥यो कस्तो होला ?’ भन्नु भयो । उहाँ सामान्यतया अनौपचारिक रुपमा दाईसाहेब र भाईसाहेब भन्ने गर्नु हुन्छ । सायद डिएफओ साहेब, रेञ्जरसाहेवको प्रभाव पनि हुनसक्छ ।

मैले सहजै ‘गज्जब हुन्छ नी’ भनें । उहाँ वातावरण शिक्षा नामक पुस्तक विमोचन गर्ने कार्यक्रम पहिला नैं निर्धारण भैसकेको थियो । त्यो पुस्तक विद्यालय स्तरीय वालबालिकाकोलागि डिभिजन वन कार्यालयले तयार गरेको थियो । सो पुस्तक सार्वजनिकरण समारोहमा वन संरक्षण योद्धा सम्मान गर्ने सोच विकास गर्नु भएको रहेछ । मलाई साँच्चिकै गजब नैं लाग्यो । यस कार्यक्रमको प्रमुख अतिथिमा वागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत वहादुर केसीलाई आमन्त्रण गरिएको थियो । म पनि जाने मौका मिलिरहेको थियो । यो विषयलाई प्राथमिकतामा राखेर केही लेख्छु भन्ने मनमनमा त्यहि बेला सोचेको थिएँ । नभन्दै आश्विन २७ गते हामी धादिङ्ग पुग्यौं ।

कार्यक्रममा सहभागी भयौं । निलकण्ठ नगरपालिकाको स्वामित्वमा रहेको सिटीहलमा कार्यक्रम सुरु भयो । कार्यक्रम सञ्चालकले आमन्त्रीतलाई अतिथी भनेर बोलाउनु भएन । अभिभावक भन्नु भयो । प्रमुख अभिभावक वन तथा वातावरण मन्त्री भरत केसी हुनुहुन्थ्यो भने विशेष अभिभावक निलकण्ठ नगर प्रमुख भीम ढुँङ्गाना त्यसै गरी अरु कार्यालय प्रमुखहरुको समेत अभिभावकत्व रहेको थियो ।अभिभावकहरुको आशनग्रहण पूर्व नैं वन संरक्षण योद्धाहरु मञ्चाशान भैसक्नु भएको थियो । अर्को रमाइलो पक्ष भनेको योद्धाहरुको निम्ती मात्रै मालाको प्रवन्ध गरिएको थियो, अरुलाई रुद्राक्षको माला ।

वातावरण शिक्षा पुस्तक सार्वजनिक
वातावरण शिक्षा नामक पुस्तक सार्वजनिक गर्नकालागि मञ्चमा ६ जना छात्राछात्रलाई आमन्त्रण गरियो । प्रमुख अभिभावक, अभिभावकले पुस्तक छात्रछात्रालाई हस्तान्तरण गरियो अनी ती छात्रछात्राले ती पुस्तक दर्शकदिर्घातर्फ फर्काएर सामुहिक सार्वजनिक गराउनु भएको थियो । यो प्रकृया पनि चलनचल्तीको भन्दा फरक थियो । नौलो थियो ।भाषा सम्पादक डा. नविनवन्धु पहाडीले पुस्तकको वारेमा जानकारी प्रवाह गराउनु भयो । अनी छात्रा विना खतिवडा र छात्र समन लम्सालको मन्तव्य राख्नु भएको थियो । यस्ता नविनतम् कामले निरन्तरताको अपेक्षा उहाँहरुले बताउनु भएको थियो ।

१२ जना योद्धा सम्मानित
पालो आयो वन ंसंरक्षण योद्धा सम्मान कार्यक्रम, को को सम्मानीत हुँदै हुनुहुन्छ, सम्मान हुनेको परिचय फेकोफन धादिङ्गका अध्यक्ष भवनाथ अधिकारीले गराउनु भएको थियो । सम्मानीत व्यक्तित्वहरुलाई माला, दोसल्ला, सम्मान पत्र र मायाको चिनोद्वारा सम्मान प्रमुख अभिभावक मन्त्री भरत वहादुर केसी र नगर प्रमुख भीम ढुङ्गाना लगायतबाट भएको थियो । यसरी वन संरक्षण योद्धाका रुपमा सम्मान हुने व्यक्तिमा मरोणोपरान्त ३ जना सहित १२ जनालाई गरिएको थियो । ८२ वर्षिय विष्णु प्रसाद मिश्र सवै भन्दा पाका हुनुहुन्थ्यो । उहाँ अहिले पनि जिल्ला फेकोफनको कार्यसमिति सदस्य समेत हुनुहुँदोरहेछ । २०३९ सालमा नुवाकोटमा गई नर्सरीसम्वन्धी तालिम लिएर नर्सरी नाइके हुनु भएका शेर वहादुर नगरकोटी अर्का सम्मानित योद्धा हुनुहुन्थ्यो ।

भगवती लम्साल७८ बर्षको हुनुहुन्थ्यो । उहाँ २०४२ साल देखि वन अभियानमा क्रियाशिल हुनु भएको रहेछ । २०४४ साल देखि वन जोगाउन तल्लीन चन्द्र वहादुर थापा (७८) वन संरक्षण योद्धाको रुपमा सम्मानीत हुुनु भयो । चिनीमाया दमिनी (७६), लोक वहादुर नेपाली (७६), कृष्ण वहादुर सिलवाल (७५), वुद्धि वहादुर नेपाल (७२), भूमिरमण नेपाल समेत सम्मानित योद्धा हुनुहुन्थ्यो । त्यसै मृत्यू पश्चात ३ जनालाई सम्मानित हुनेहरुमा स्व. मानध्वज मगर, स्व. रमादेवी सापकोटा, र स्व. हस्तकुमारी नेपाल हुनुहुन्थ्यो । उहाँहरुका छोराहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित वन संरक्षण योद्धाहरु मध्ये भगवती लम्साल र विष्णु प्रसाद मिश्रले उत्प्रेरणात्मक मन्तव्य दिनु भएको थियो । त्यसै गरी नेपालकै वन संरक्षण अभियान्ताको पहिचान पाउनु भएका भूमि रमण नेपालले विगुल फुकेर सन्देश प्रवाह गर्नु भएको थियो ।

मेयरको आग्रह मन्त्रीको प्रतिवद्धता
मञ्चमा धेरैको आशन ग्रहण रहेता पनि मन्तव्यलाई असाध्यै सिमित गरिएको थियो । निलकण्ठ नगरका प्रमुख भीम ढुङ्गाना र वन तथा वातावरण मन्त्री भरत वहादुर केसीले मात्रै मन्तव्य राख्नु भएको थियो । मेयर ढुँगानाले सामुदायिक वनको उपलव्धीको चर्चा गर्दै वन कार्ययोजना नविकरणको प्रकृयालाई सहजीकरण र आर्थिक रुपमा किफायती हुनु पर्ने कुरामा जोड दिनु भयो । कार्ययोजना वनाउँदा धेरै खर्च लाग्ने गरेको छ, त्यस्तो हुनुहुन्न । सामुदायिक वन अभियानलाई सहयोग गर्न स्थानीय सरकार तयार रहेको प्रतिवद्धता जाहेर गर्नु भयो । जिल्लामा ७ सय १७ सामुदायिक वन भएका तर पर्यटक तान्न लायक कुनै सामुदायिक वन देखिएको छैन त्यता ध्यान जाओस् भन्ने कुरामा जोड दिनु भयो । त्यसै गरी उहाँले विकासमा वन क्षेत्रले अवरोध पु¥याएको अवस्था छ त्यसमा कानूनी रुपमा सहजिकरण गर्नु पर्ने धारणा राख्नु भयो ।

वन तथा वातावरण मन्त्री भरत वहादुर केसीले सामुदायिक वनको कार्ययोजना परिमार्जन वा पुर्नलेखनमा सरलीकृत गर्नकालागि जिल्ला स्तरमा सामुदायिक वनको वर्गिकरण गर्ने, थोरै क्षेत्रफल भएका संरक्षणमुखी सामुदायिक वनहरुको संक्षिप्त कार्ययोजना बनाउने, सम्पन्न सामुदायिक वनले कमजोर सामुदायिक वनलाई भगनी सम्वन्ध विकास गरी कार्ययोजना निर्माणमा समन्वय गर्ने, स्थानीय सरकार र सामुदायिक वन मैत्री वनका कानून वनाउने मन्त्रालय प्रयत्नशिल रहेको जानकारी गराउनु भयो । सामुदायिक वन हेर्ने मात्र होइन उपभोक्ताको मुहार फेर्ने वनाउन उद्यम विकासका कामहरु गर्न सवै सामुदायिक वनहरुलाई आव्हान गर्नु भयो । यसमा वन कर्मचारीहरुले सहजीकरण गर्न आग्रह गर्नु भयो । भरखरै मन्त्रालयको ३७ वुँदे प्रतिवद्धता जारी भएको छ । ती विषयहरु आफ्नो र मन्त्रालयको अर्जुनदृष्टि भएको जानकारी गराउनु भयो । साथै यसमा सवैको सहयोग र सहकार्यको अपेक्षा राख्नु भयो ।

मन्त्री केसीले वागमती प्रदेशमा रहेका कुनै पनि सामुदायिक वनहरु कार्ययोजना विहिन नहुने आशयको आफ्नो पहिलो निर्णय रहेको स्मरण गराउँदै यसमा सवै सामुदायिक वन र वन कर्मचारीहरुको सहकार्य हुनु पर्ने कुरामा जोड दिनु भयो ।

स्मरण रहोस्, धादिङ्गमा ७ सय १७ वटा सामुदायिक वन उपभोक्ता समूहहरु रहेका छन् । ती सामुदायिक वनहरुले ३९ हजार हेक्टर जती वन जिम्मा लिएका छन् । यस जिल्लाका २ सय ३२ वटा सामुदायिक वनहरुको वन कार्ययोजनाको अवधी सकिएको छ । ती सामुदायिक वनको अवस्था वर्गिकरण गरी सहज रुपमा कार्ययोजनाको निर्माण गर्ने योजना डिभिजन वन कार्यालयले बनाएको जानकारी डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यले गराउनु भयो । अब वाँकी रहेको ३ वटा चौमासिक रहेका छन् ।

दोस्रो चौमासिकमा ४० प्रतिशत, तेस्रोमा ४० र अन्तिम चौमासिकमा २० प्रतिशत सामुदायिक वनको कार्ययोजना नविकरणको काम सम्पन्न गर्ने योजना तर्जुमा भएको रहेछ ।
अन्त्यमा, सामुदायिक वनको अवधीको विषय सवाल होइन नियमित क्रियाकलापको रुपमा पार्नु पर्ने जरुरी देखिएको छ । वन संरक्षण योद्धा पहिचान गरी प्रमाण पत्र, मायाको चिनो सहित सम्मान गर्ने प्रकृयाले वन अभियानमा लाग्न हौसला प्रदान गरेको छ । यस्ता कामले पछिल्लो पुस्तालाई समेत आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ । त्यसै गरी युवा पुस्ता सामुदायिक वन अभियानमा लागेकालागि सम्मान गर्ने तथा उत्प्रेरणा जगाउने अभियान समेत जरुरी देखिन्छ ।

यी सामुदायिक वनहरुमा लाखौं उपभोक्ता आवद्ध भएका होलान् । समूह संख्याको हिसावमा नेपालकैं सवै भन्दा वढि भएको जिल्ला यहि होला जस्तो लाग्छ । नेपालकैं वन विनासको आंकडाबाट यो जिल्ला पनि पक्कै अछुतो थिएन । यहाँ नागरिकहरु कम्मर कसेर वन संरक्षण अभियानमा जुटे । कति विते कति जिउँदै होलान् । त्यसको लेखाजोखा हुन सकेको थिएन । यस पटक डिभिजन वन कार्यालयले त्यो बेलाका वन संरक्षणकर्तालाई संझने कोशिस गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *