भावी आईजीपी कार्की कि केसी

राजनीति समाचार

काठमाडौं । नेपाल प्रहरीले एक हप्ता पछाडि नयाँ आईजीपी पाउने छ । नयाँ आईजीपीमा कसले बाजी मार्ने हो त्यो अझै निश्चित भइसकेको छैन । सधैं राजनीतिक दलको छत्रछायाँमा नेपाल प्रहरीले आईजीपी पाउने गरेको थियो । यसपालि न्यायाधीशको सरकार भएकोले राजनीतिक सोर्सफोर्सभन्दा पनि वरिष्ठको रोलक्रमको आधारमा आईजीपी नियुक्ति हुने सम्भावना त्यत्तिकै छ । तर, वरिष्ठमा दानबहादुर कार्की रहेका छन् ।

कार्कीसँग प्रतिस्पर्धा गर्ने अर्का एआईजी छन् डा. मनोज केसी । मनोज केसी पनि काविल प्रहरी अधिकृतमा गनिन्छन् । नक्कली भुटानी शरणार्थी काण्डमा अहंम भूमिका खेल्दै निष्पक्ष छानविन गर्ने समितिमा छानिएका व्यक्ति हुन् केसी । कार्की र केसी दुवै नेपाल प्रहरीको लागि आवश्यक व्यक्ति हुन् । तर, सरकारले कसलाई आईजीपी बनाउने हो त्यो निश्चित भइसकेको छैन ।

राजनीतिक भागबन्डाकै कारण नेपाल प्रहरी विगत लामो समयदेखि विवादमा तानिँदै आएको थियो । नेपाल प्रहरी कहिले नेपाली कांग्रेसको भागमा पथ्र्यो भने कहिले नेकपा एमालेको भागमा पर्ने गरेको थियो । चन्द्रकुवेर खापुङलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आइजीपी बनाएका थिए भने त्यसअगाडि आईजीपी दीपक थापालाई पनि एमालेले नै बनाएको थियो । तर, त्यसभन्दा अगाडि आईजीपी कांग्रेसले बनाएको थियो ।

कांग्रेस र एमालेले बनाएका आईजीपीहरुले प्रहरी संगठनभित्र राम्रो काम गर्न नसकेको आरोप छ । अब नागरिक सरकारले बनाएको आईजीपीले कस्तो काम गरेर देशमा शान्तिसुरक्षा र अमनचयन गर्छन् त्यो भने हेर्न बाँकी छ । अर्कोतिर नेपाल प्रहरीभित्र विकृति, विसंगती र भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्छन् भन्ने प्रहरी पनि त्यत्तिकै छन् । प्रहरीभित्र विकृति विसंगती बढ्दै गएपछि जागिर छाड्नेको लर्को पनि त्यत्तिकै छ । त्यो लर्कोसँगै प्रहरीमा जागिर खानेहरु पनि घट्न थालेका छन् । त्यसले गर्दा नेपाल प्रहरीलाई चलायमान र देशको लागि शान्तिसुरक्षा कायम गर्नको लागि सक्षम आईजीपी हुनुपर्ने प्रहरीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *