कांग्रेसका गगन आफ्नो लागि सुरक्षित ठाउँ खोज्दै

राजनीति समाचार

काठमाडौं । देशको राजनीति सफा बनाउने हो भने पार्टी सफा हुनुपर्छ । कांग्रेस पुरानो र ठूलो लोकतान्त्रिक पार्टी हो । तर, महाधिवेशन समयमा सम्पन्न गर्न नसक्ने त्यो कांग्रेसको संस्थापन पक्ष देशको भन्दा विदेशीको चाहनामा चल्ने अवस्था त आउँदैन । आगामी फागुन २१ को निर्वाचन अगावै पार्टीको महाधिवेशन गरौं भन्ने समूहलाई बाइपास गरेर महाधिवेशनलाई नै अन्यौल बनाउने अनुहार आधादर्जनजति छन् । कांग्रेस राष्ट्रिय सभाको चुनावतिर पनि ध्यान दिँदैछ ।

विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला, शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंहहरुले सभापति शेरबहादुर देउवालाई उचालेर अन्यौंल सिर्जना गर्दैछन् । पार्टीको महाधिवेशन समयमा गर्न कि नगर्ने द्वन्द्व चर्काउनेले पार्टीलाई कसरी प्रजातान्त्रिक बनाउला ? महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा असफल भएका छन् । क्रियाशील सदस्य वितरणदेखि स्वीकृतसम्म जिल्लाले नै गर्ने हो भन्दै उम्केका महामन्त्री गगनले समेत तयार नभएकोमा संस्थापन पक्षसँग रोष प्रकट गर्ने ठाउँ छैन ।

कांग्रेसले एमालेको ओली पथको एजेण्डा स्वीकार गरेन र फागुन २१ गतेको चुनाव भए पनि नभए पनि पार्टी दर्ता गर्नु, दलीय वाध्यता हो । उता माघमा हुने राष्ट्रिय सभा सदस्यको भागबण्डा गराएर संस्थापन पक्षले महामन्त्री गगन थापालाई आफ्नो टीममा पारेपछि विशेष महाधिवशेन पक्षधरहरुले सक्रियता देखाउन थालेका छन् । महामन्त्री गगनलाई पार्टीको विशेष महाधिवशेनभन्दा आगामी प्रतिनिधि सभाको चुनावमा प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्र खोज्नु छ । गगन सोलुखुम्बुदेखि स्याङ्गजा २ हुँदै बारा जिल्लातिर प्रतिस्पर्धामा जाने ठाउँ खोज्दै छन् ।

राष्ट्रिय सभामा १९ सांसद पद खाली हुँदैछ । त्यसमा एमाले र कांग्रेसले ९÷९ सिट बाड्ने भएका छन् । यो भागबण्डामा गगनलाई ३ सिट दिएर देउवा पक्षका ६ जनालाई उम्मेदवार बनाइँदै छ । गगनको टीममा मधु आचार्य, मनोजमति आचार्य र सुभाष पोखरेल रहेका छन् । पार्टी महाधिवेशन यहीं नेतृत्वले आलटाल गर्दा चुनावमा टिकट वितरणमा पनि फाइदा लिन सक्ने अपेक्षा गगनको छ । यहीं कारणबीचका अनुहारहरुले खेल्न पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *