घेराबन्दीमा पार्नेहरु आज देउवाकै सरणमा

राजनीति समाचार

काठमाडांंै । आफ्नो स्वास्थ्य ठीक छैन भनेर उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएर राजनीतिक झन्झटबाट उम्केका कांग्रेस सभापति शेरबहादुर देउवालाई फेरि टण्टा आइलाग्यो ।

कार्यबहाकले नसेको महामन्त्रीद्वयले नटेर्ने कुरा कांग्रेसमा चर्चित छ । डा. शेखर कोइराला समूहले महाधिवेशनका नाउमा चर्केको द्वन्द्वलाई मिलाउन कहिले सभापति, कहिले महामन्त्रीद्वय मिलउन सक्रिय थियो । सरकारमा रहँदा स्वार्थीको जमातले कांग्रेस बदनाम भयो । डा. आरजु राणालाई पदाधिकारीमा व्यवस्थापन गर्न महामन्त्री गगनले स्वीकारेका कारण अब देउवा भनेर टिेककाहरु पनि ओत लाग्ने ठूलो छहारी खोज्दैछन् ।

यसपटक कांग्रेसमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शशांक कोइरालालाई प्रतिनिधिले पत्याउने अवस्था छैन । पूर्व पदाधिकारीका नाउँमा यिनले सभापति देउवालाई केही दिन बन्धक बनाए । चुनावअघि नयाँ नेतृत्वबाट नयाँ एजेण्डा लिएर चुनावमा जानुपर्छ भन्दा रोक्ने उनीहरु नै हुन् । जो कार्यकर्ताले मानेकै पात्र थिए । देउवाबाट बालकृष्ण खाँड टाढिए, डा. प्रकाशशरण महत टाँढिँदै छन् । उदय शमशेर राणाले पनि चुनाव अघि नै महाधिवेशन गरौं भनेका हुन् । देउवाले टिकट बाँड्दा आफू परिन्छ भन्ने आशमा पूर्वपदाधिकारीहरु हुनाले पनि अहिलेको रडाको मच्चिएको हो ।

कांग्रेस आफू सच्चिनका लागि समय कूर्नैपर्छ । हिजो जस्तो आज छैन । युवाहरु बढेका छन् । विद्यार्थी र युवाहरुको मात्र होइन महिला र किसानजस्ता शक्तिसमेत नेतृत्वबिहीन छन् । टिके प्रथामा संगठन चलाएका सभापतिलाई कार्यबहाक दिँदा पनि सुख छैन । कार्यबहाकमै असफल पूर्णबहादुरको सभापति बन्ने सपना पुरा हुने अवस्था पनि अब भएन । असोज १८ गतेबाट शुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक संकट व्यवस्थापनको नाउँमा स्थगित गर्दै अगाडि बढ्दै गरे पनि लामो समयसम्म निर्णायक भएन ।

कांग्रेसमा भ्रष्टाचारी दीपक खड्का, रमेश लेखक, बालकृष्ण खाँड, डा. आरजु राणाका आम्दानीका स्रोत बन्दा पार्टी कार्यालय जलेको बुझनुपर्छ । आन्तरिक द्वन्द्वबाट त्यो मुक्त बन्न सकेन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको पहुँच कानूनी आधार खोज्दा सभापति देउवा पुसमा महाधिवेशन गर्न सहमत भएका हुन् । देउवाले विस्वास गरेका उपसभापति पूर्णबहादुर खड्काको क्षमता देखिएन । कृपामा पदको प्राप्ति हुँदै आए पनि अबको कांग्रेस त्यस्तै छैन ।

सरकारमा पुग्दा मनपरी गर्नेहरु सज्जन हुन चाहेर हुँदैनन् । प्रकाशमानले पार्टीको इज्जत जोगाएनन् । उनी मन्त्री हुँदा कुनै लोकप्रिय काम भएन । यस पटक बाबु, आमाको नाउँमा राज्यस्रोत खर्च गरेर तरुण दल र नेविसंघले भवन बनाउन राज्यको करोडौं पाए । त्यसले जनताका बीचमा कांग्रेसको इज्जत घटायो । आज कांग्रेस महाधिवेशनको बारेमा द्वन्द्व चलाएको महिनौपछि १५ औं महाधिवेशन पुसभित्र सम्पन्न गर्न सभापति देउवा सहमति हुँदा तीनै देउवालाई घेराबन्दीमा पार्नेहरुले ओत लाग्ने ठाउँ खोज्नुपरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *