कोइराला परिवार एक हुने

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको लडाईँ अब सतहमा आउँदै छ । संस्थापन पक्षको आडमा उम्मेदवार बन्ने इच्छा धेरैको छ । उपसभापति पूर्णबहादुर खड्का संस्थापनकै भए । महामन्त्री गगन थापा पनि सभापतिको दाबेदार बन्ने भएका छन् ।

१४ औं महाधिवेशनमा भाँडिएको कोइराला परिवार यसपटक एकै ठाउँमा उभिने भएको छ । यो टोलीका नेता डा. शेखर १४ औं मा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धी बनेर थन्किएका थिए । कोइरालाबाट पार्टी लिएका देउवाले जोसँग लिइयो उसैलाई पार्टी सुम्पने रहर गरेका छन् । तर, यहाँ पूर्णबहादुर खड्का र गगन थापाको व्यवस्थापन कहाँ हुने भन्ने छैन ।

थापा आफू सरकारको प्रधानमन्त्री बन्ने सर्तमा डा. शेखर कोइरालालाई सभापति मान्ने अवस्था पनि छ । किन कि युवाहरुबाट देशले ठूलो अपेक्षा गरेको छ । जेनजी आन्दोलनले यो बेला पार्टीमा नेतृत्व खोजेको छ । युवा नेताहरु देशभक्त, राष्ट्रवादी लहरमा उभिनुपर्ने वाध्यता छ ।

जेनजी आन्दोलनले ल्याएको परिवर्तन र खोजेको व्यवस्थापनलाई एमालेको कट्टर जेनजी विरोधी समूहलेसमेत अस्वीकार गर्न सकेन माओवादीले त्यो समूहको साथ लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *