एमालेको ११औं महाधिवेशनले अन्य दलमा हुटहुटी

राजनीति समाचार

मौसम चिसिँदै जाँदा राजनीतिमा भने सरगर्मी बढेको छ । खासगरी देशका ठूला दुई दल एमाले र कांग्रेसमा महाधिवेशनको चटारोले नेपाली राजनीतिमा गर्मी बढाएको हो । त्यसमा पनि नेकपा एमालेले ११ औं महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म सम्पन्न गर्ने भनेकोमा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको रस्साकस्सीले गर्दा एक दिन लम्बिन पुगेको थियो । एमालेको यसअघिको महाधिवेशनभन्दा यसपटकको ११ औं महाधिवेशन पेचिलो बनेको छ । पहिलाका महाधिवेशनहरुमा अध्यक्षलगायत केही पदाधिकारीमा प्रतिस्पर्धाि हुने र अन्य पदहरु सर्वसम्मत रुपमा चलयन हुने गरेका थिए । तर, यसपटक ११ औं महाधिवशेनमा संस्थापन पक्ष र इतरपक्षले अध्यक्षदेखि पदाधिकारीलगायत अधिकांश पदमा प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गरेका थिए ।

वामपन्थी पार्टीको महाधिवेशनमा पक्ष, विपक्ष प्यानल नै बनाएर लोकतान्त्रिक प्रतिस्पर्धामा महाधिवेशन गर्नेमा नेकपा एमाले पहिलो कम्युनिस्ट पार्टी बन्न पुगेको छ । एमालेले यसअघिका महाधिवेशनमा सर्वसम्मतको नाममा एकलौटी ढंगले पार्टी नेतृत्वलगायत पदाधिकारी चयन गरेको आरोप खेप्दै आएको थियो । तर, यसपटकको ११ महाधिवेशनपछि एमालेलाई लाग्दै आएको त्यो आरोपको अन्त्य हुने भएको छ । प्रायःजसो कम्युनिस्ट पार्टीहरुले महाधिवेशनमा सर्वसम्मत पार्टी नेतृत्व चयन गर्ने प्रचलन थियो । तर, एमालेको ११ औं महाधिवेशनले कम्यनिस्टहरु लोकतान्त्रि विधि र पद्धतिबाट महाधिवेशन गर्न सक्छन् भन्ने उदाहरण बनाएको छ ।

लोकतान्त्रिक पद्दतिबाट निर्वाचित भएका नेतृत्व र पदाधिकारीले आगामी दिनमा एमालेलाई कसरी अगाडि बढाउने हुन् त्यो प्रतिक्षाको विषय बनेको छ । ११ औं महाधिवेशनबाट चयन भएको नेतृत्व र कार्यसमितिले आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनमा कस्तो परिणाम ल्याउन सक्छ त्यसमा भरपर्छ । त्योसँगै प्रतिनिधि सभाको निर्वाचनमा कस्तो उम्मेदवार खडा गर्छ भन्ने आमकार्यकर्ताको बुझाइ छ । जेनजी आन्दोलनले तहसनहस भएका नेपालका राजनीतिक पार्टीहरुलाई एमालेले महाधिवेशन गरेर जनतासम्म जान सक्ने बाटो देखाइदिएको छ । त्योसँगै संसद् पुनस्र्थापना गर्ने माग पनि गरिरहेको छ ।

महाधिवेशनका क्रममा विभिन्न जिल्लामा जेनजी अवरोध हुँदा पनि एमाले रत्तिभर नडगमगाई आफ्नो पार्टीको महाधिवेशन सम्पन्न गरेर देखादिएको छ । उता, नेपाली कांग्रेस काठमाडौं उपत्यकाबाट बाहिर जान सकेको छैन भने माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टी नै लोप बनाएर नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु नेपाली कम्युनिस्ट पार्टी गठन गरेर देशदौंडाहामा निस्किएका छन् भने कार्यकर्ताहरु सिला खोज्नुपर्ने अवस्था भएको छ । उता, प्रतिनिधि सभामा ठूलो दल भएको नेपाली कांग्रेस भने आन्तरिक द्वन्द्वमा फस्दै गएको छ । कांग्रेसले पुस २६ देखि २८ गतेसम्ममा नियमित महाधिवेशन गर्ने भने तापनि अहिलेसम्म नयाँ सदस्य वितरण र नविकरण गर्न सकेको छैन । एमालेले पूर्ण लोकतान्त्रिक ढंगले सोच्छ चुनावी प्रतिस्पर्धाबाट ११ औं महाधिवेशन सम्पन्न गरेपछि अन्य दलहरुमा हुटहुटी बडेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *