काठमाडौं । नेकपा एमाले जमानाअनुसार चल्छ । पार्टीमा चरम गुटबन्दी भएपनि निर्वाचन प्रक्रियामा जान्छ । स्वस्थ्य प्रतिस्पर्धामा विस्वास गर्छ भन्ने कुरा यसपटक ११ औं महाधिवेशनकले छर्लङ्ग पा¥यो । एमालेका प्रतिनिधिले टीम भित्रकै उम्मेदवारलाई बढी रुचाए । जनमत नभए पनि सधैं नेताको चाकडी गरेर फाइदा उठाउने विष्णु रिमाललाई उपमहासचि मात्र होइन केन्द्रीय सदस्य पनि पत्याएनन् । भित्रिया नै पल्टिँदा असर कहाँ र कसलाई गर्छ ।
पूर्व राष्ट्रपतिको आडमा अध्यक्षको प्रतिस्पर्धी बनेका ईश्वर पोखेलले महासचिवका प्रतिस्पर्धी सुरेन्द्रले जति पनि मत पाएनन् । शंकर पोखेलको स्वभावका कारण एमालेजस्तो शक्तिमा पाण्डे महासचिव बनुन हैं भन्नेहरुको पनि इच्छा पूरा भएन । एमालेले १० आंैं महाधिवेशनमा पनि विद्युतीय भोटिङ प्रयोग ग¥यो । त्यो बेला अध्यक्ष र वरिष्ठ उपाध्यक्षको मात्रै मतदान भएको थियो । अरु पद सबै अध्यक्ष ओलीका खल्तीका थिए । अध्यदाले रोजेजस्तो केन्द्रीय टीम आयो । आली कै नेतृत्वमा चुनावमा जाँदा भन्ने के हो ? किन कि दुईतिहाईको सत्ता जोगाउन नसकेको कसले हो ? प्रश्न उठ्छ ।
काठमाडौंमा फग गर्नेलाई विद्युतीय मतदान भनेपनि ठूलो संस्थाको उम्मेदवार हुँदा त्यो व्यवहारिक भएन । नेकपा एमालेले सौराहा महाधिवेशनमा अध्यदा र स्वरिष्ठ उपाध्यक्षको चुनावमा विद्युतीय मतदान, फलदायी भयो । तर, यसपटक ३०१ जना छनौट गर्दा ६४४ उमेदवार थिए । त्यही अनुसारका १९ पदाधिकारी र केन्द्रीय सदस्यहरुको छनोटमा विद्युतीय मतदान कामयावी देखिएन । निर्वाचनमा आफू जित्नको लागि संस्थापनले कहिले मनोनितको सूची थप्यो त कहिले मेसीनमा गडबडी भयो भन्ने हल्ला चलायो ।
यसपटक एमालेको ११ औं महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि थिउ । तिनै मध्येबाट पदाधिकारी बाहेक केन्द्रीय सदस्यका उम्मेदवारको लस्कर लाग्यो । मतदान कागजी हुन्थ्यो भने पनि एकजनाले मतदान गर्न १० देखि १५ मिनेट लगाउथे । मतदान विद्युतीयमा भन्दा कागजी छिटो हुन्थ्यो । मत गणना कार्यक्रम ८, १० ठाउँमा हुन्थे । विद्युतीय मतदानमा मतपत्र त्यसैमा संकलन हुन्छ । तर भोटिङ प्रक्रिया नै लामो हुने भएकाले समय अनुसार त्यसको उपयोगिता सुस्त भयो । राजनीतिक दलहरुले प्रयोग गर्दा आमनिर्वानलाई सघाउने अपेक्षा थियो । तर, एमालेको मतदान नै काफी भो ।
विद्युतीय थोरै उम्मेदवार, थोरै सदस्य भएको ठाउँमा जाति सहज हुन्छ बढी सदस्या हुँदा त्यति नै असहज भएको देखियो । राम–लक्ष्मण प्रा.लि.ले यो सिष्टम ल्याएको हो । २०६ वटा निर्वाचन गराएको दावी प्रा.लिले गरेको छ । एमाले नै हो यो सिष्टममा पहिला जाने पार्टी पनि । धाँधली नहुने मतपत्र यताउता नपर्ने भएकाले विद्युतीय मतदानको विकास गर्नुपर्छ भन्ने हो । तर समय धेरै लिने यो प्रविधिलाई छिटोछरितो गराउने आयोजकको पूर्व तयारमा भर पर्नुपर्ने कुरा छर्लङ्ग भएको छ ।

