२०२५ मा मेरो लेखनको केन्द्र : सामुदायिकवन र राजनीति

राजनीति लेख समाचार

भोला खतिवडा

सन् २०२५ मा मैले हरेक हप्ता २ वटा लेखहरु लेखें । तामाकोशी सन्देश साप्ताहिक जो काठमाडौंबाटप्रकाशनहुन्छ । अनीकालिञ्चोक सन्देश साप्ताहिक दोलखाबाटप्रकाशितहुन्छ । यीदुई साप्ताहिकमानछुटाईकन लेख्ने कोशिस गरें । त्यसै गरी राजनीतिकविषय केन्द्रीत गरेर नेपाल प्रेश अनलाईनकालागिपनि धेरै लेखें तर यसमानियमितहुन सकिरहेको छैन । त्यसै गरी अरु पत्रपत्रिकामा र कसैको प्रकाशनकालागिपनि लेखें । तीविवरण सायदै मेरो कम्प्युटरमा होला । मलाई लेख्दाआनन्दआउँछअनी लेख्छु । मेरो २०२५ लेखिएको लेखहरु कस्ता रहेछन् भनीआफैं घोत्लीन मन लाग्यो । यहिप्रश्नच्याटजिपिटीलाई सोधें । उस्को जवाफ देखेर यहिविषयमा एक लेख लेख्ने कोशिस गर्दैछु ।

लेखनको केन्द्रमा सामुदायिकअभ्यास र राजनीति
२०२५ मा मैले लेखेका धेरै लेखहरूलाई एउटै धागोले जोड्छ, सामुदायिकअभ्यास र राजनीतिकचरित्रबीचको टकराव । सामुदायिकवन र राजनीति फरक–फरक विषय जस्तो देखिएपनि, मेरो अनुभवमायीदुवै लोकतन्त्रको अभ्यास कहाँचुक्दैछ भन्ने एउटै प्रश्नकादुई रूप हुनभन्ने वुझाइ छ । मैले लेख्दै जाँदा महसुस गरेको विषय रोचकआफैलाई लाग्यो । राजनीति सुध्रिएनभने सामुदायिकवन जोगिँदैन, र सामुदायिकअभ्यास कमजोर हुँदै गयो भने लोकतन्त्रखोक्रो हुन्छ।राजनीतिमा सत्ता केन्द्रित सोच र समुदायबाटटाढिँदो अभ्यास देखियो । २०२५ मा मैले राजनीतिक दल र तिनको अभ्यासमाथि लेख्दाएउटा साझा समस्या देखेँ । राजनीति समुदायबाटमाथि सर्दै गएको छ। दलहरू जनताको नाममा राजनीतिगर्छन्, तर निर्णय प्रक्रियाजनताबाटटाढा छ।

मैले एक लेखमा स्पष्ट लेखेको रहेछु ‘राजनीतिजनताको लागिहोइन, जनतामाथि गरिने अभ्यास बन्दै जाँदालोकतन्त्रऔपचारिकतामा सीमितहुन्छ।’

दलहरूमाआजविचार, नीति र कार्यक्रमभन्दाशक्ति समीकरणनिर्णायक बनेको छ। आन्तरिक लोकतन्त्रको कुरा भाषणमा सुनिन्छ, तर व्यवहारमा गुट, पहुँच र निर्देशनहावीछन्। असहमतिबहसको हिस्सा होइन, समस्याठानिन्छ।यही राजनीतिक संस्कारले राज्यका सबै संरचनामाप्रभावपारेको मैले देखेको रहेछु, प्रशासनमा, नीतिनिर्माणमा र सामुदायिक संरचनासम्ममा।
सामुदायिकवनः राजनीतिकअविश्वासको पहिलो सिकार

सामुदायिकवन नेपालको सबैभन्दा सफलजनआधारित अभ्यास हो भन्ने कुरा मैले भावनाले होइन, दशकौँको अनुभवले भन्ने गरेको छु। तर २०२५ मा लेख्दै जाँदामलाई सबैभन्दा धेरै चिन्तायही क्षेत्रमा देखियो।
मैले एक लेखमा लेखेको रहछु ‘सामुदायिकवन सफलभयो भन्ने सत्य नै आजउसको सबैभन्दाठूलो जोखिम बनेको छ ।’ सामुदायिकवनअभियानआफैंले पनि यो थेग्न सकेन । राजनीतिकप्रभावपनि देखियो । राजनीतिक र प्रशासनिक संरचनाले सामुदायिकवनलाई अब स्वतन्त्र समुदायहोइन, नियन्त्रितइकाइ का रूपमा हेर्न थालेका छन्। विश्वासको ठाउँमानिर्देशनआएको छ, सहकार्यको ठाउँमानियन्त्रणतर्फ लागेको छ ।

मैले २०२५ का लेखहरूमाबारम्बार प्रश्न गरेँको रहेछ ‘सामुदायिकवनमाथिकिनयति धेरै नीति, निर्देशन र नियन्त्रण?’ यसको उत्तर राजनीतिभित्रै छ।सामुदायिकवन सफल समुदायको उदाहरणहो, तर हाम्रो राजनीतिक संस्कार सफल समुदायसँगअसहजहुन्छ। किनकियहाँ सफलतामाथिबाटहोइन, तलबाटनिर्माणभएको छ।मैले एक लेखमाकडाशब्दमा लेखेको रहेछु ‘सामुदायिकवनलाई नियन्त्रण गर्न खोज्नु भनेको समुदायलाई होइन, नागरिक चेतनालाई नियन्त्रण गर्न खोज्नु हो।’

युवाको प्रश्नः राजनीतिबाहिर, सामुदायिकवनभित्रपनि संकट
सामुदायिकवन र राजनीतिदुवैमा आएर्को साझा संकट देखिन्छ, युवाको कमजोर सहभागिता । राजनीतिमायुवालाई नाराकालागिप्रयोग गर्छ, सामुदायिकवनले अवसर दिन सकेको छैन।मैले लेखेको रहेछु । ‘युवाबिना सामुदायिकवन संरक्षण त होला, तर भविष्यहुँदैन।’

राजनीतिकदलहरू युवालाई नेतृत्वमाहोइन, भीडमाखोज्छन् । सामुदायिकवनमापनि पुस्तान्तरणको कुरा भाषणमा सीमित छ। यसले दुवै क्षेत्रलाई दीर्घकालीन संकटतर्फ धकेलिरहेको छ।

सामुदायिकवन र राजनीतिलाई जोडेर लेख्छु
म सामुदायिकवनलाई केवलवनको विषयमान्दिनँ। यो राजनीतिक संस्कारको ऐना हो। यहाँलोकतन्त्र, सहभागिता, पारदर्शिता र जवाफदेहिताव्यवहारमा देखिन्छवा देखिँदैनन । मैले एक लेखमा लेखेको रहेछु । ‘सामुदायिकवनकमजोर हुनु भनेको वनमात्रकमजोर हुनु होइन, राज्यकमजोर हुनु हो।’ त्यसैले मैले राजनीति लेख्दा सामुदायिकवनछुटाउँदिनँ, र सामुदायिकवन लेख्दा राजनीतिटार्दिनँ।

तटस्थताहोइन, पक्षधरता
२०२५ मा मैले लेख्दा स्पष्ट रूपमाएउटापक्ष रोजेँ, समुदायको पक्ष। आजतटस्थ बस्नु भनेको धेरै पटकशक्तिको पक्षमा मौन बस्नु जस्तै भएको मैले देखेको छु।

मैले लेखेको थिएँ, ‘जहाँ समुदायकमजोर पारिन्छ, त्यहाँतटस्थतापनि अपराधजस्तै हुन्छ।’ मेरो लेखन सत्ताखुसीपार्न होइन, सत्तालाई असहजबनाउनहो। किनकिअसहजप्रश्नबिना सुधार सम्भव हुँदैन।

कालो बादलमाचाँदीको घेरा
सामुदायिकवनपद्धतीप्रदेश तहको नियमनभित्र पर्दछ । २०२५ मा वागमतीप्रदेश सरकार परिवर्तन भयो । वनतथावातावरणमन्त्रालयको नेतृत्वमा भरत वहादुर केसी जानु भयो । उहाँको पहिलो निर्णय नैं वाग्मतीप्रदेशमा रहेका कार्ययोजनानभएका सामुदायिकवनहरुलाई वैधानिकतादिने थियो । यस प्रदेशमा ४ हजार ५ सय जती सामुदायिकवन रहेकोमा झण्डै १ हजार ९ सय सामुदायिकवनकार्ययोजनाको अवधी समाप्तभएर बसेका छन् । यसै आर्थिक वर्ष भित्र सवै सामुदायिकवनको कार्ययोजनापुर्नलेखन हुने योजना बनेको छ ।

सामुदायिकवनमायुवाहरुको सहभागीता सम्वन्धी संवादजिल्ला स्तरमा चलिरहेका छन् । युवाहरु सामुदायिकवनमार्फत नेतृत्वमा र उद्यमशिलतामालाग्ने प्रतिवद्धताआएको छ । यसले सामुदायिकवनअभियान र राजनीतिमा देखिएको अभावलाई पूरा गर्ने आशा केहीमात्रामावढेको छ ।

त्यसै गरी वनतथावातावरणमन्त्री केसीले मन्त्री स्तरीय निर्णय गर्दै प्रदेश वन ऐन संशोधनको प्रकृयामा सहजिकरणकालागिवन क्षेत्रकाअधिकारवाला संस्थाको एक कार्यदल तयार भएको छ । सो कार्यदले दफावार छलफल गरिरहेको छ । नागरिक, समुदाय र विकास मैत्रीकानूनवनाउने राजनीतिक नेतृत्वको प्रतिवद्धताअनुसार संशोधनको प्रकृया चलिरहेको छ ।यहिप्रकृयाले वातावरण ऐन संशोधनको प्रकृया पनिचलिरहेको छ । त्यसै गरी प्रदेश स्तरीय वन क्षेत्रको रणनीतितयार गर्ने प्रकृयामाथिपनिवहस चलिरहेको छ ।

अन्त्यमा, यस श्रृखलामा मेरो लेखहरुलाई नैं संझने कोशिस गरें । जुन मेरो आफ्नै लागिपनि रोचकपाएँ । सामुदायिकवनअभियान र राजनीतिमा समेत केही संभावनाकातान्द्राहरु देखिएकाछन् । मेरो लेखहरुमाशुद्ध राजनीतिकविषयमापनि लेखेको छु । यस लेखमातीविषयमा समेट्दा धेरै लामो हुने भएकोले त्यो पाटो छोडेको छु । खास गरी सामुदायिकवन र राजनीतिकजोडिएकाविषयमामात्रै चर्चा गर्ने कोशिस गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *