काठमाडौं । सरकार बनेको एक महिना पुग्न लागेको छ । रास्वपाको बालेन नेतृत्व सरकार बनेको एक महिनामा महंगीले आकास छोएको छ । बजारमा अखाद्य वस्तु मिसावट गरिएका सामानहरु विक्रीवितरण भइरहेका छन् । सरकार र सम्बन्धित निकायले त्यसको अनुगमन गर्न सकेको छैन । केही साता अगाडि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालेका थिए । शाहले मन्त्रालय सम्हाले तापनि अनुगमन हुन सकेको थिएन । हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव रहेकी छिन् । यादवले पनि बजार अनुगमनलाई प्राथमिकता दिएकी छैनन् ।
बजार अनुगमनलाई प्राथमिकता दिन नसक्दा उद्योगी, व्यापारीहरुले मूल्य वृद्धि गरेर कालो बजारी गरिरहेका छन् । पछिल्लो समय त पेट्रोलियम पद्धार्थको अभाव देखाएर विभिन्न खाद्यान्नदेखि सबै थोकको मूल्य वृद्धि भएको छ । यसरी दिनप्रति दिन मूल्य वृद्धि हुँदा पनि सरकारले बजार अनुगमन गरी सहुलियत दरमा खाद्यान्न उपब्ल गराउन सकेको छैन ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञावलीले पनि बजार अनुगमनलाई प्राथमिकता दिनुको सट्टा उठ्ती धन्दामा व्यस्त छन् । वाणिज्य तथा आपूर्ति विभागका उपसचिव विनोद प्रसाद उपाध्याय कर्मचारी प्रशासनमा बसेर नियमपूर्वक काम गर्ने भन्दा पनि कर्मचारी हेरफेरमा व्यस्त रहेका छन् । हेरफेरको नाममा कर्मचारीलाई अनावश्यक दुःख दिने, खरिद प्रक्रियाको भुक्तानी रोक्नेदेखि पत्रपत्रिका छापिएका सन्देशमूलक सूचनाको भुक्तानीसमेत रोकेर रमिता देखाइरहेका छन् । खरिद प्रक्रियाको भुक्तानी नभएकै कारण व्यवसायीहरु अलमलमा परिरहेका छन् ।
उपभोक्ता संरक्षण विभागले महंगी बढेको अवस्था बारे कुनै जानकारी पनि लिन सकेको छैन । पेट्रोलियम पद्धार्थको मूल्य वृद्धिलाई आधार बनाएर देशैभरिका पेशा व्यवसायीहरुले खाद्यान्नदेखि लत्ताकपडाको मूल्यसमेत वृद्धि गरेका छन् । खाने तेलको मूल्य प्रतिलिटर ३०० भन्दा माथि पुगेको छ । जारमा विक्री हुने पिउने पानीको मूल्य पनि बढाइएको छ । त्योसँगै पिय पद्धार्थदेखि दूधजन्य पद्धार्थको मूल्य आकासिएको छ । त्यसमा पनि अखाद्या वस्तु मिसावट गरेर विक्रीवितरण भइरहेको छ । रास्वपाको दुईतिहाई बहुमतको सरकारले त्यस्ता विषयलाई ध्यान नदिएर अनेक फन्डा ल्याएर जनतालाई आतंकित पार्ने काम गरिरहेको छ ।

