अराजकको घर बन्दै प्रधानमन्त्री

राजनीति समाचार

काठमाडौं । घण्टी चुनाव चिन्ह लिएर सांसद पदमा पुगेको मान्छे संसदीय गरिमा लत्याउँछ र सांसदले उठाएको प्रश्नको जवाफ दिन जरुरी ठान्दैन भने त्यो भन्दा अराजक हरु के हुन्छ । आज रास्वपाका सापति रवि लमिछानेलाई परेको यो पीर सामान्य भइसक्यो । किन कि उनीमाथि लागेको सहकारी ठगी मुद्दाबाहेक सम्पत्ति सुद्धिकरण, दोहोरो नागरिक, दोहोरो पासपोर्ट जस्ता कुरा क्रमशः थान्को लाग्ने बाटो निर्वाचन गराउन गठन भएको सरकारले नै खोलेको हो । अदालतहरुले सहकारी काण्ड बाहेक सबै मुद्दा फिर्ता गराउँदै छन् । अहिले प्रधानमन्त्री बालेन्द्र साहको शासनले धेरै भड्किदैछन् ।

उनले शुरुमै नेपाली प्रे्समाथि आक्रमण गरे । त्यो आक्रमण पञ्चायतभन्दा निरंकुश देखियो । उनी आफू सामाजिक सञ्जाल प्रेमी छन् । कानुनले त्यो वैधानिक मान्दैन । प्रधानमन्त्रीको स्वभाव लोकतन्त्रको विरुवा भन्ने माओवादीका अध्यक्ष पुष्प कमल दाहाललाई पनि प्रधानमन्त्रीको व्यवहार चित्त बुझ्दो भएन । किन कि जसले संसदीय व्यवस्थाको मूल्य बुझ्छ उसले संसदलाई बाइपास गर्दैन । दुई तिहाईको घमण्ड देखाएर कहिले संसद् भंग गर्ने कहिले जेनजी पुस्ताको भावनामाथि प्रहार गर्ने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई मुलुकको अवस्था यो हालतमा ल्याउने दोष लगागेको छ ।

तर आज प्रधानमन्त्री बालेन्द्र साहको चालचलन लगभग उस्तै छ । संसदको हिउँदे अधिवेशन ९ दिन चल्यो । उनले सम्बोधन गरेनन् । तर, इतिहासमा नभएको कुरा राष्ट्रपतिले नै शितकालीन अधिवेशनमा सम्वोधन गर्दै शुरु गरे । तीनै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रममा सम्वोधन गर्दैगर्दा संसदबाट भागेका प्रधानमन्त्री आज सांसदले उठाएका प्रश्नको जवाफ दिन तयार छैनन् ।

संवैधानिक सर्वोच्चताका कुरामा जब प्रधानमन्त्री आफै बिच्किन्छन् भने त्यो पार्टीको गरिमा बच्छ कसरी ? किन कि प्रधानमन्त्री नै हो संसदमा माननीयले उठाएका प्रश्नको जवाफ दिने मुल व्यक्ति । भन्नका लागि उनले आफूले खटाएका मन्त्रीले जवाफ दिन्छन् भन्न पाएका छन् । तर, शुरुवात आफैले गरेर संसदमा आफ्नो वाध्यता बताएर जिम्मा दिएको भए सभापतिले प्रधानमन्त्रीको काँध थाप्नुपर्दैन ।

रास्वपाले कस्तो अराजक व्यक्ति बोक्यो । जसले आफैले स्वकारेका योजनालाई वास्ता गर्दैन । संसदका प्रशिक्षणमा जाँदैन । नत दलको वैठकमा सहयभागी हुन्छन् । संसदमा ठूलो दलको उपनेता र मुलुकको प्रधानमनत्रीले आफ्नै पार्टीका विरुद समेत आन्तरिक रुपमा असहयोग गरेका छन् । सूचनाको पहुँचमा पत्रकारहरुलाई पुग्नै नदिने प्रधानमन्त्रीलाई देशको परम्परागत संस्कृति त्याग्न मन छ भने पनि संसदमा रेकर्ड गराएर संसदको चित्त बुझाउनुपथ्र्यो ।

रास्वपा रवि र बालेन्द्रकै कारण ध्वस्त पारिँदैछ । किन कि त्यो पार्टीमा धेरै जसो नयाँ छन् । तीनको एजेण्डाभित्र प्रधानमन्त्रीको आवाज प्रवेश होला । संसदको भावना कतै हिजोजस्तै चीर हरण गर्ने गिरोहको कब्जामा त छैन भन्ने शंका बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *