राजावादीहरु तहसनहस !

राजनीति समाचार

काठमाडौं । सुन्दा अचम्म र बुझ्दा दंग पर्नुपर्ने अवस्था छ, पूर्वराजावादी पञ्चहरुको कथाबेथा । गणतन्त्रमा पनि राजा खोज्ने राजालाई संविधानमा स्पेस खोई ? भन्ने तर त्यहीं संविधान जारी हुँदा संसदमा हस्ताक्षर गरी सहमतिको दस्ताबेज भन्दै समर्थन गर्दै उप–प्रधान तथा परराष्ट्रमन्त्री खाने कमल थापाको पार्टी हो राप्रपा । पद र कुर्सीका लागि पञ्चहरुको सत्ता प्राप्त हुने अवस्था सिजर्ना हुँदा कांग्रेस र एमालेले पालैपालो सूर्यबहादुर थापा र लोकन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाएकै थिए । त्यो बलो चन्दलाई राष्ट्रवादीका रुपमा नेकपा एमालेले ब्याख्या गर्दा कांग्रेसले थापालाई प्रजातन्त्रवादी भनेका थिए । थापा पार्टी अध्यक्ष हुँदा राजेन्द्र र धवल महामन्त्री थिए । यिनैले थापाबाट पार्टी खोसेका हुन् । तर, त्यही राप्रपामा आज विभागजन भएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनबाट राप्रपा नचल्ने उनको तर्क छ । आफ्ना सन्तानको यो घरझगडा मिलाउन देव शमशेरको नाती पशुपति शमशेर जबराको तागत छैन भने पञ्चायतका अर्थविद् डा. प्रकाशचन्द्र लोहनीको के तागत ? संसदको पाँचौं शक्ति राप्रपाको संसदीय दलको नेतामा जुम्ली जनताले पत्याएका हिउमा हिडेको आफ्नो प्रचार गर्ने जोकर चरित्रका ज्ञानबहादुर शाही छन् ।

राप्रपामा प्रत्यक्ष चुनाव उनले मात्र जितेका हुन् । अध्यक्ष राजेन्द्र लिङदेनकी प्रतिनिधि खुश्बु ओली प्रमुख सचेक छन् । हिजो धवल शमशेरलाई अध्यक्ष लिङ्गदेनले बारम्बार पदीय अधिकारबाट बन्चित गर्ने कार्यक्षेत्र खोस्ने गर्थे । तीनकुने घट्नाका संरक्षक बनेको कारण धवल शमशेर त्यो बेला सरकारको निगरानीमा पनि परे । उपाध्यक्ष रविन्द्र मिश्रमाथि कांग्रेस र एमालेको दुई तिहाई हाराहारी बहुमतले हतकडी नै लगायो ।

त्यो बेला लिङदेन सरकारसँग मिलेका थिए । आफ्नै उपाध्यक्ष र महामन्त्रीमाथि राज्यले लगाएको कानून फिर्ता लेऊ भन्न सकेनन् । राजावादीहरु अराजक दूर्गा प्रसाईँसँग जोडिएकै छन् । नवराज सुवेदी, राजतन्त्र स्थापना नहुँदासम्म आन्दोलन गर्ने मोर्चाको कमाण्डर भए, तर सरकारले कप्mर्यू लगाएर आन्दोलन अगाडि बढ्न दिएन । ज्ञानेन्द्र शाहीले आन्दोलनका लागि दिएको सहयोग समेत त्यो बेला विवादमा परेको थियो । राजा ज्ञानेन्द्रसँग पैसा लिएर रथयात्रा गर्ने कमल थापाको जात्रा हेरिरहेका छन् । गणतन्त्र नेपालमा राजतन्त्रको खोजी गर्नेहरुका बीचमा लडाईँ चर्काउँदा तीनको नीति, उद्देश्य र योजना कसरी सफल होलान् । राप्रपालाई राष्ट्रवादी देशभक्त शक्ति बनाउने धवल शमशेर राणाको योजनाले मुर्त रुप कहिले लिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *