आयल निमगभित्रका कर्मचारीको सम्पक्ति छानबिन हुन्छ त ?

राजनीति समाचार

काठमाडौं । नेपाल आयल निगमले विश्वबजारमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि देखाएर संस्थालाई घाटा लागेको भन्दै अत्याधिक मूल्यवृद्धि गरेको थियो । विश्वबजारमा पेट्रोलियम पद्धार्थको मुल्य घटेपछि नेपालमा पनि केही मात्रामा निगमल घटाएको छ । नेपालमा पेट्रोलियम पद्धार्थको मुल्य साविकको मूल्यमा अझै २० देखि ३० रुपैयाँ महंगो रहेको छ । यसअघि पेट्रोलियम पद्धार्थको मुल्य मूल्यबृद्धि १६७ रुपैयाँ प्रतिलिटर रहेको थियो । त्योसँगै अन्तराष्ट्रिय बजारमा मुल्य वृद्धिको कारण देखाएर निगमले पेट्रोलको मुल्य प्रतिलिटर २१७ पु¥याएको थियो । अन्तराष्ट्रिय बजारमा मुल्य घटेसँगै नेपाल आयल निगमले पट्रोलियम पद्धार्थको मुल्य घटाएको थिएन । त्यसको विरोध सबैतिरबाट आउन थालेपछि पेट्रोलियम पद्धार्थको मुल्य केहि मात्रामा घटाइएको छ । तर पेट्रोलियम पद्धार्थको मुल्य घटाइएतापनि नेपाल आयल निगमभित्रको विकृति र विसंगति झन् फस्टाउँदै गएको छ । आयल निमगमा जागिर खाने कर्मचारीहरुको सम्पक्ति छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

निगमलाई घाटामा पु¥याएर बोनस र भत्ता खानेहरुको ताती ठुलो रहेको छ । त्यतिमात्र होइन भारतबाट नेपाल ल्याउँदै गरेका पेट्रोलियम पद्धार्थका ट्याङकीहरुसमेत जफत गरेर कर्मचारी र विचौलिया मिलेर तेल चोरिएको घटनाहरु समाचारमा नआएका होइनन् । निगमको देशैभरी रहेका कार्यरत डिपो प्रमुखहरुले पेट्रोलियम पद्धार्थ सप्लाई ढुवानीगर्नेसँग मिलेमत्तो गरी आर्थिक लाभ लिइएरहेका छन् । अनुगमन र गुणस्तरमा बस्ने कर्मचारीहरुले अनुगमन र गुणस्तरको नाममा चेकजाँच गर्दा आर्थिक लाभ लिइरहेका छन् । अर्काेतर्फ भारतीय आयल कर्पाेरेशनलाई नेपालले अर्बाे रुपैया भुक्तानी गर्न बाँकी रहेको भनेर बेलाबखर ताकेता गर्ने गरेको छ । त्यो भुक्तानीमा पनि कमिशनको चलखेल हुने गरेको आशंका गरिन्छ ।

त्यसैगरी नेपाल आयल निगमलाई चाहिने भौतिक संरचना मर्मतदेखि सम्भार, सामान खरिदका लागि अर्बाेको चलखेल हुने गरेको छ । तर, आयल निगममा उच्च तहका कर्मचारीदेखि लिएर डिपो प्रमुखहरुको समेत मिलेमत्तो हुने गरेको छ । त्यसबाट आएको कमिशनबाट निगमका कर्मचारीहरुले काठमाडौं उपत्यकाभित्र बगंला समेत खडा गर्न भ्याएका छन् । कतिपय कर्मचारीहरु अनुगमन गएको बहाना बनाएर कार्यालयमा नबस्ने, बसिहालेतापनि हाता गरेर बाहिरिने गरेका छन् । निगम भित्रको विकृति र विसंगतिको बारेमा प्रायजसो सञ्चारकर्मीहरुले पनि समाचार सम्प्रेषण गर्न सकेका छैनन् । नेपाल आयल सञ्चालक समितिको अध्यक्ष उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव रहने व्यवस्था छ । कतिपय पत्रकारहरुले मन्त्री र सचिवको चाँकडी गरेर आयल निगमको विज्ञापन भजाएर खाइरहेका छन् भने चाँकडी चाप्लुसी नगर्ने पत्रकारहरुले छापिएको विज्ञापनको भुक्तानी समेत पाउने गरेका छैनन् ।

उता, प्रशासन फाँट र लेखाफाँटमा कार्यरत कर्मचारीहरुले ठुला–ठुला भुक्तानीमा ¥याल काड्ने गरेका छन् । कमिशन दिने व्यक्तिहरुको समयमा चेक बन्छ भने कमिशन नदिने व्यत्तिः र पत्रकारहरुलाई बजेट नभएको बहाना बनाएर छापिएको भुक्तानी दिने गरेको पाइँदैन । प्रशासन फाँटमा बस्ने दिप ज्योती म्याडम प्रायजसो कार्यालयमा नआउने, आइहालेतापनि हाजिर गरेर बाहिरिने गरेकी छिन् । कतिपय सर्वसाधारणले आफ्नो भुक्तानी लिनको लागि प्रशासन फाँटमा कार्यरत दिप ज्योती म्याडमलाई भेट्न नपाएको गुनासो गरिरहेका छन् ।

तीनै प्रशासन फाँटमा बस्ने दिप ज्योती म्याडमले टिप्पणी उठाएर भुक्तानीको लागि लेखामा पठाउने चलन रहेको छ । तर, कतिपय तोक लागेका फाइलहरुको चाङ त्यत्तिकै रहेका छन् । त्यस्ता फाइल छानबिन गरी भुक्तानीको लागि छिटोछरिटो गर्नुपर्नेमा उल्टै त्यस्ता फाइलहरु फलानो सर आउनुभएको छैन । बजेट छैन, भुक्तानी दिन समस्या छ, तोकाआदेश आएको छैन भनेर झुलाउने गरेकी छिन् । कतिपय पत्रकारहरुले नेपाल आयल निगमको सन्देशमूलक सूचना प्रकाशन गरेबापत तत्कालीन कार्यकारी निर्देशकले भुक्तानीको लागि अर्थमा पठाएतापनि अहिले सो भुक्तानी नदिने गरिएको छ । कतिपय सामान सप्लायर्स गर्ने आयल निगमको सुचना प्रकाशन गर्नेहरु भुक्तानी नपाएर भौतारिरहेका छन् । तर, सरकारले कसलाई निगमको कार्यकारी प्रमुख बनाएर पठाउँछ त्यसपछि मात्रै भुक्तानी दिने नदिने निर्णय हुन्छ भनेर पन्छाउने काम गरिन्छ ।

सरकारले कार्यकारी प्रमुख कहिले नियुक्ति गर्ने हो त्यो अहिलेसम्म निश्चित भइसकेको छैन । त्यसैगरी नेपाल आयल निगम डिपो अमलेश गन्ज, भैरहवा, बुटवल, पोखरा, थानकोट, चितवन, जस्ता डिपो प्रमुखहरुको सम्पक्ति छानबिन गर्नुपर्ने आवाज उठन थालेको छ । प्रवक्ता मनोज ठाकुर, प्रदिप यादव, दिपक बरालको छानबिन हुनुपर्ने माग नेपाल आयल निगमकै पििडत कर्मचारीहरुले गर्न थालेका छन् । दिपक बराल निगमका वरिष्ठ कर्मचारी भएतापनि उनको काम भनेको उर्ति धन्दा चलाउनु हो । उनी जहिले पनि शक्ति र पावरमा रमाउने गरेका छन् । त्यसकै आडमा काठमाडौं उपत्यकामा भव्य महल खडा गरेसँगै अर्बाेको सम्पक्ति आर्जन गरेको बताइन्छ । निवर्तमान कार्यकारी निर्देशक चण्डी प्रसाद भट्टले निगमभित्र भएगरेका विकृत र विसंगतिका फाइल खोल्नुपर्ने आवाज त्यत्तिकै उठ्न थालेको छ । भट्टको कार्यकालमा विभिन्न क्षेत्रमा डिपो निर्माण गर्दा अर्बाेको चलखेल भएको स्रोतले उल्लेख गरेको छ । उता, सर्वसाधारण भने महंगी, अभाव र बेरोजगारले गर्दा बिहान–बेलुका हातमुख जोड्न नपाएर समस्यामा परिरहेका छन् । आयल निगमका कर्मचारीहरु भने तलबमाथि विभिन्न बहानामा ओभर टाइम र सुविधा खाइरहेका छन् । त्यसमाथि पेट्रोलियम पद्धार्थमा भारी मूल्य वृद्धि जम्मा भएको ४१ करोड हाराहारी रकम भत्ताको नाममा कर्मचारीले झ्वाम पारेका छन् । तर, पत्रपत्रिकामा सचेतनामूलक सूचना प्रकाशित गरेको भुक्तानी दिन बजेट छैन भनेर टार्ने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *