अमेरिका–इरान युद्धले सहकार्यको ढोका बन्द

Uncategorized देश/विदेश राजनीति समाचार

काठमायौ । अमेरिका इरान द्वन्द्वले नेपालको अर्थतन्त्रमाथि प्रहार गरेको छ । तर सार्वभौम राष्ट्र नेपालमा राजनीतिले ल्याएको परिवर्तनलाई सहज स्वीकार्न नसकी सत्ता र कुर्सीका भोकाहरु साझा मुद्दामा एकजुट भएका छैनन् । सर्वसाधारण जनताको दैनिकीप्रति चासो नदिएर नयाँ र पुरानो दलको एकले अर्काको अस्तित्व स्वीकार्न नसक्दा सडक सार्वजनिक यातायातले इन्धनको मूल्य बढेको देखाएर सरकारले भाडा बढाएको छ । सरकारको तयारी भोली कालागि देखिँदैन । इन्धनको विकल्प विद्युतीय सवारी सधन प्रपुख हो । तर त्यही सवारी भित्र्याउँदा चर्को राजस्व भन्सार दर लगाउने व्यापारको स्वार्थमा करको दरहरू घटाउने विज्ञ पनि दलहरुबाटै अर्थमन्त्री बनाइए । करको दर घटाउन बजेट माथीनै प्रहार गर्ने क्षमताका विनोद चौधरी, शंकर अग्रवाल र डा. आरजु राणाहरु धेरै छन् ।

व्यापारी र व्यवसायी सां सद बन्दा यस्तै हुन्छ । आज पनि त्यस्तै व्यक्ति धेरै सांसद भएका छन् । रास्वपाका वरिष्ठ नेता वालेन शाहहरु बोल्दैनन् । शाह रिवन काट्न र उद्घाटन गर्न कर्त जान्न भन्छन् । त्यही उद्घाटन र शिलन्यासमा रमाउने एमाले अध्यक्ष केपी ओलीमाथि जोनजी भटाना छानविन आयोगले दिएको रिपोर्टले १३ दिनसम्म प्रिहरी निगरानीमा बसेर अस्पतालमा उपचार गर्नुप¥यो । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले रास्वपाको आन्तरिक विषयमा जवाफ दिएका छैनन् । तर, त्यहाँ मन्त्री पद वितरण गर्दा द्वन्द्व नै भयो । .

काग्रेसको युवा पुस्ताले विशेष महाधिवशनवाट नेतृत्व दिए पनि पुरानो टोलीले त्यो स्वीकारेको छैन । संस्थापनले १५ महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्ने तयारी गरेको छ । तर, पुरानो पुस्ता यथास्थितिमा रमाइरहेको छ । जुन पुस्ताले देशको वर्तमान परिस्थितिको सामना गरेको छैन । शेरबहादुर र आरजु देउवालाई जेल पर्ने डर छ । एमालेभित्र अध्यक्षको अडानले गर्दा अन्य नेताहरु पनि भित्रभित्रै मुर्मुराउन थालेका छन् । त्यसले गर्दा पुराना दलहरुभित्र आन्तरिक झगडा मच्चिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *