भ्रष्ट प्रवेशसँगै गोरखापत्रका करार खेदिँदै

राजनीति समाचार

काठमाडौ । जान्नेलाई छान्न पार्टीले गोरखापत्र संस्थानका करार र ज्यालादारी कर्मचारीलाई साउन १ गतेबाट हटाउने भएको छ । सरकारले पत्रपत्रिका बन्द गर्न विज्ञापन गोरखापत्रमा थुपारेको छ । त्यहीँ संस्थानमा बझाङ छविसपाथीभरा ६ मा देवीमन्दरु निर्माणमा २२ लाख हिनामिना गर्ने हिक्मत रावल महाप्रवन्धक बनेका छन् । जीवी राई र रवि लामिछानेको ग्यालेक्सी टेलिभिजनका हर्ताकर्ता हिक्मतको सम्बन्ध पुरानै हो । जान्नेलाई छान्ने यसरी नै हो । सरकारले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव र त्रिवि सेवा आयोगको अध्यक्ष पदमा उमेरले ६६ वर्ष कटेका विज्ञहरुलाई नियुक्ति गरेको छ । युवाहरुको जमात हामी जान्नेको टोलीले राम्रा छान्ने भन्दै गर्दा उमेरहदका कारण पनि त्यसमा नियुक्ति गर्न र लिन नहुनेहरुलाई छनोट गर्दा यो सरकारको कति भिजन छ त्यो जनताले प्रत्यक्ष देख्न पाएका छन् ।

प्रतिस्पर्धाका नाममा हिजोका भ्रष्टहरुले जेष्ठ नागरिक भत्ता खानेबेलामा धमाधम सरकारी जागिर पाउन थालेका छन् । हिक्मत रावल त्यसका एक उदाहरण हुन् । उनले मन्दिर निर्माणका नाममा २२ लाख भ्रष्टाचार गर्दा वडा अध्यक्ष मोहन विक गाउँपालिका उपाध्यक्ष राधिकाको साथ थियो । उनीहरु त्यो बेला एउटै पार्टीका थिए । योजनामा बढी रकम स्टमेट गरेर नीतिगत भ्रष्टाचार गर्ने पार्टीको आरोप नेकपा एमालेलाई लागेको थियो । उनीहरु त्यहीँ पार्टीका थिए ।

आज रावल र रत रास्वपा भएका छन् । ग्यालेक्सी टिभीदेखि रावल र रविको सम्ब्न्ध राम्रो थियो । अरु ठाउँमा नसके पनि रविले गोरखापत्रमा फाइदा लिएका छन् । यसैबीच सञ्चार मन्त्रालयले गारेखापत्र संस्थानमा थुपारेको झण्डै १६५ भन्दा बढी कर्मचारीको करार अवधि नथप्ने भएको छ । संस्थान दुवाउन यस अगाडिका कार्यकारी र अध्यक्षले संस्थानलाई भार थपेर घाटामा पु¥याएका थिए । रेडियो नेपालका २ सय को करार अवधि थपिएन । त्यसले गर्दा १० हजारभन्दा बढीलाई रोजगारी दिने हल्ला चलाएर आतंक सिर्जना गर्न सफल सरकारविरुद्ध आक्रोश बढेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *