नेतृत्व बदलिन नसक्दाको परिणाम

राजनीति समाचार

काठमाडौं । जसले व्यवसाय फस्टाउने गरी सहज बनाइदियो उहीँ झ्यापझुप भएपछि शक्ति जतिसुकेै भएपनि के काम ? भन्न त नेकपा एमालेले पूर्वाग्राही भनेर आफ्नो वरिपरिका कानुन व्यवसायीहरुलाई खटाएर विशेष अदालतमा वकिलको लस्कर नै खडाग¥यो । तर, श्रोत र प्रमाण खोतल्दा न त विष्णु पौडेल चोखा देखिन्छन् नत दिपक भट्ट र अग्रवाल समूह उम्कन सक्छ । पौडेलको पक्षमा सेयर बजार उचालेर लगानीकर्ता ठग्दै आएका दीपक भट्ट मूल नाइके हुनुको कारण ओली, प्रचण्ड, डा.आरजुसम्मको उठबस र क्रान्तिकारी नेता बामदेवको साथ र सहयोग थियो । सरकारका प्रत्येक काममा हस्तक्षेप गर्दै आएको यो जमातले देशका ७० लाख लगानीकर्ताको रु ७ अर्ब ६५ करोड चुना लगाइसक्यो । तर, छानविनले छेउटुप्पो निष्कर्ष दिएको छैन ।

कम्युनिस्ट पार्टीले पुँजीबजारलाई कब्जा गर्दा सहकारी अभियान स्थापित गरेको छ । त्यो क्षेत्रमा पनि नेताधनी हुने श्रम गरेर कमाएको पसिना कुम्ल्याई दिने पार्टीकै नेता धेरै छन् । गरिवको गीत गाएर भोट लिन सजिलो हुन्छ । वर्गीय धरातल छोडेर एनजीओ र आईएनजीओको भरमा पर्दा पार्टी कहाँ पुग्छ पछिल्लो उदाहरण नेकपा एमाले हो । वामपन्थी मित्र शक्तिलाई खेदेर देशका बेरोजगार युवामाथि आर्थिक रुपमा शोषण गर्ने श्रम नीतिकै कारण वैदेशिक रोजगारीको क्षेत्र ध्वस्त भएको मात्र छैन त्यो बदनाम पनि छ । सरकारको नेतृत्व गर्न अध्यक्षले सम्बृद्धि र विकास मात्र देखे । तर, श्रमिक जनताका सहकारीमा जम्म गरेको रकम पचाउने स्थानीय स्तरका कार्यकर्ता, नेतामाथि कानुनी कारबाही नगरेको प्रमाण अञ्जला कोइराला हुन् । जसले करोडौं डुवाइन ।

अख्तियारले भ्रष्टाचार काण्डमा डामेका कांग्रेसी नेता जेपी गुप्ता र गोविन्दराज जोशीको राजनीति खरानी भयो । विष्णु पौडेल सम्पत्ति शुद्धिकरणमा समेत फसे । जुन ठाउँले छानविन थाल्दै थियो त्यहीँका सहसचिवलाई केपी ओली प्रधानमन्त्री बन्दा कार्यलयमै बोलाएर हप्कीदप्की गर्दै दबाइएको दीपक भट्टकै फाइलको करामत हो यो । पौडेल ललिता निवास काण्डमा पनि जोडिएका पात्र हुन् । एमाले ध्वस्त हुनुको कारण नै यो नेतृत्व हो जुन पुस्ता पार्टी सत्ता त्याग्न सक्दैन बरु पार्टी २५ सिटबाट ५ सिटमा सीमित होस् तर बदलिने छाँट छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *