प्रधानमन्त्री शाह कुटनीति क्षेत्रमा असफल बन्दै

राजनीति समाचार

काठमाडौं । दुई तिहाई हाराहारी बहुत प्राप्त गरेको बालेन नेतृत्वको रास्वपा सरकार कुटनीतिक क्षेत्रमा असफल भएको छ । सरकार बनेको चार महिना बितिसक्दा पनि रिक्त रहेका विभिन्न देशका राजदूत पदमा नियुक्ति गर्न सकेको छैन । लामो समयसम्म राजदूत खाली रहँदा ती देशहरुमा अध्ययन र रोजगारीमा गएका नेपालीहरुले विभिन्न समस्या भोग्नुपरेको छ । त्योसँगै ती देशहरुसँग कुटनीतिक सम्बन्ध पनि टाढिँदै गएको छ । आफ्नो देशको राजदूत नहुँदा खासगरी ती देशहरुमा कामको सिलसिलामा गएका नेपालीहरुलाई विभिन्न किसिमका झन्झटहरु आइपरिहेका छन् । तर, सरकारले भने पुराना सरकारले नियुक्ति गरेका राजदूतहरु फिर्ता बोलाएर चारमहिनासम्म नयाँ राजदूत नियुक्ति गरेर पठाउन सकेको छैन । भइराखेका राजदूतलाई फिर्ता बोलाएर नयाँ राजदूत नियुक्ति गरेर पठाउन नसक्नु के यो सरकारसँग त्यो योग्यता, क्षमता र अनुभव भएका मान्छे छैनन ? भन्ने प्रश्न सर्वत्र उठ्न थालेको छ ।

खुल्ला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने भनेर सरकारले विज्ञापन आवह्वान गरेको पनि डेढमहिना बितिसकेको छ । विज्ञापन आह्वान गरेको डेढमहिना बितिसक्दा पनि सरकारले नयाँ राजदूत छनोट गर्न सकेको छैन । राजदूत छनोटमा कस्तो प्रक्रियाबाट जाँच लिने भन्ने एकिन छैन । राजदूत बन्नको लागि दरखास्त दिनेहरुको पनि सूचि सार्वजनिक भएको छैन । छनोटमा पूर्वकर्मचारी, प्रशासक र कुटनीतिक दख्खल भएकालाई प्राथमिकता दिने कि अन्य क्षेत्रबाट नयाँ व्यक्तिलाई छनोट गर्ने भन्ने एकिन विवरण पनि सार्वजनिक गरिएको छैन ।

खुल्ला प्रतिस्पर्धाको आधारमा राजदूत छनोट गर्ने भनेपछि आकांक्षीहरु धेरै भएको कारणले पनि ढिलाई भएको स्रोत बताएको छ । राजदूत बन्नको लागि रास्वपा नेता, सांसद र शक्तिकेन्द्रमा धाउनेहरुको ताँती पनि त्यत्तिकै छ । त्यसको उदाहरण बनेका थिए तत्कालीन सचिव कृष्णहरि पुष्कर कर्ण । कर्णले उमेरहदको कारण आफू मुख्यसचिव बन्न नपाउने भएपछि राजदूत बन्नको लागि प्रधानमन्त्री बालेन शाहलाई म्यासेज गर्दा प्रहरीको फन्दामा परेका थिए । कर्णले आफूलाई राजदूत बनाउन म्यासेज गरेर स्मरण गराउन खोज्दा कारबाहीको भागिदार हुनुपरेको देखेर अन्य आकांक्षीले त्यो हिम्मत देखाएका छैनन् ।

उता, प्रधानमन्त्री शाहलाई छिमेकी मुलुक भारतले भ्रमणमा बोलाउँदा नगएपछि सरकारनै संकटमा पर्ने देखिन्छ । एकातिर यो अवस्था छ भने अर्कोतिर बालेन सरकारले सबैक्षेत्रमा हात हाल्दा विफल हुँदै आएको छ । महाधिवेशनपछि रास्वपाभित्र विभिन्न गुटउपगुट खडा हुँदा बालेन नेतृत्वको सरकार दिनप्रतिदिन संकटमा पर्दै गएको छ । एकातिर छिमेकी मुलुक भारतले प्रधानमन्त्री शाहलाई भ्रमणको निमन्त्रणा पठाउँदा प्रधानमन्त्री नगएर सभापति रवि लामिछाने आफै गएका थिए । सभापति लामिछानेले भारत भ्रमणमा गएर के सन्देश ल्याए भन्ने कुरा समेत पार्टीभित्र छलफल भएन । त्यसले गर्दा पनि रास्वपाभित्र प्रधानमन्त्री शाहले राजीनामा दिनुपर्नेसम्मको आवाज उठ्न थालेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *