भूमि कार्यालय स्थानीय तहमा पुगेसँगै भ्रष्टाचार बढ्दैँ

राजनीति समाचार

काठमाडौं । स्थानीय सरकारले भूमि कार्यालय र नापी कार्यालयलाई स्थानीय तहअन्तर्गत राख्ने भएको छ । अधिकांश स्थानीय तहले आगामी दिनहरुमा भूमि कार्यालय र नापी कार्यालय आफ्नो मातहतमा राख्ने योजना बनाइरहेका छन् । कतिपय स्थानीय तहले भूमि कार्यालयलाई स्थानीय तहमार्फत लगिसकेका छन् । लाने स्थानीय सरकारहरुमध्ये ९ वटा जिल्लामा भूमि प्रशासन कार्यालयहरुको काम सुचारु भइसकेका छन् । भूमि प्रशासन कार्यालय स्थापना भइसकेका जिल्लाहरुका स्थानीय तहले पासपोर्ट र युजर आईडी लिइसकेका काठमाडौं कागेश्वरी नगरपालिका, झापाको कन्काइ नगरपालिका , शिवसताछी नगरपालिका, चौदण्डीगढी नगरपालिका, काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका, रोशी गाउँपालिका, मेलम्ची नगरपालिका, धनगढी उपनगरपालिका रहेका छन् । यी स्थानीय तहमा युजर आईडी र पासपोर्ट पनि वितरण गरिएको छ ।

अन्य स्थानीय तहमा लागू हुने क्रम जारी रहेको छ । तर स्थानीय सरकार र केन्द्रिय सरकारको समन्वयकारी भूमिका समयमा नहुँदा केहि ढिला हुने अवस्था छ । अधिकांश भूमि कार्यालयमा कर्मचारीहरुको अभाव सिर्जना हुन थालेको छ । कतिपय कर्मचारीहरुको अवकाश हुने क्रम जारी छ । भूमि तथा संघिय मन्त्रालयले भूमि प्रशासन कार्यालयहरुमा कर्मचारीहरुको व्यवस्थापन गर्न सकेको छैन । पहिला भूमि प्रशासन कार्यालयमा सरुवा हुने कर्मचरीहरुको ताती लाग्ने गरेको थियो भने पछिल्लो समय भूमि प्रशासन कार्यालय विभिन्न नाममा विवाद हुने र कर्मचारीलाई भ्रष्टाचारको आरोप लाग्न थालेपछि कर्मचारीहरु भूमि कार्यालयमा सरुवा हुन त्यति रुचाएको पाइँदैन । भूमि कार्यालयका कर्मचारी, बिचौलिया र जग्गाधनीहरुबीचको लेनदेनको कारण कर्मचारीहरु बढि भ्रष्टाचारमा पर्ने गरेका छन् । खासगरी उपत्यका भित्रका भूमि कार्यालयहरु डिल्ली बजार, चावहिल, साँखु, भक्तपुर, कलंकी र ललितपुर भूमि कार्यालयहरुमा बढि विवाद हुने, मोहि र तल्सिनबीचको झगडाले गर्दा बढि मुद्दा पर्ने भएकाले त्यस्ता भूमि कार्यालयहरुमा बढि विवाद हुने गर्दछ ।

त्यहि मुद्दा मिलाउन लागि कर्मचारी र बिचौलियाबिच घुसको लेनदेन हुने गर्दछ । त्यसले गर्दा भूमि कार्यालय विवादमा पर्ने गरेका छन् । त्यसैको उदाहरण लिन सकिन्छ, ललितपुर भूमि प्रशासन कार्यालयलाई । भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत तीन जना नायब सुब्बा अन्य केहि व्यक्तिलाई घुससहित अख्तियारले पक्राउ गरेको थयो । पक्राउ पर्नेहरुमा उत्तम कुवँर, राजकुमार मगर, विशाल सुन्दास, लेखापढी व्यवसायी शैलेन्द्र रानामगर, समिर कटुवाललाई तीनलाख घुससहित रंगेहात पक्राउ गरेको छ । यी त उदाहरण मात्र हुन् । देशैभरिका भूमि सुधार कार्यालयमा यस्ता घुसका काण्डहरु आइरहेका छन् । बारम्बार घुसका काण्डका आएतापनि कर्मचारीहरुले अदालत र अख्तियारलाई मिलाएर चोखिदैँ आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *