हिमाल पहाड तराई, कोहि छैन पराई

राजनीति समाचार

निशा ठकुरी
काठमाडौं । रास्वपाको दुइतिहाई हाराहारीको सरकार बनेपछि नेपाली जनताले के राहतको आशा गरेका थिए । तर सरकार बनेको चार महिना नाघिसक्दा पनि सरकारले जनतालाई महङ्गीभन्दा अन्य केहि दिन सकेको छैन । यातयात व्यवसायीहरुले भाढा वृद्धि गरेर यात्रुहरुको ढाँड सेकिरहेका छन् । त्यसैगरी गत साउन १ गतेबाट लागूहुनेगरी सरकारले विभिन्न मदिरा र सुर्तिजन्यपदार्थ हुदैँ जंकफुड खाद्यान्नको मुल्य वृद्धि भइरहँदा पनि यातयात भाडा र मुल्यवृद्धिको अनुगमन गरी कारबाही गर्न सकेको छैन । व्यापारीहरुले बजारमा अखाद्य वस्तु मिसावट गरी चर्काे मुल्य असुलिरहेका छन् । केहि नाम चलेका व्यापारीहरुले राजश्व छलि गरिरहेका छन् । सरकारले त्यतातिर ध्यान दिन सकेको छैन । एकातिर यो अवस्था थियो भने अर्काेतिर तराईमा केहि हप्ता अगाडी मुश्लिम र हिन्दुहरु दुइबीचको विवाद हुँदा त्यसले उग्र रुप लिएको थियो । उक्त घटनाले देशको जनधनको ठुलो क्षति हुन पुग्यो । ढिला भएपनि सो आन्दोलन रोकिएको छ । झगडा हुनुभन्दा केहि अगाडी प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति, उपराष्ट्रपति र राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गरेर देशवासीको नाममा सम्बोन्धन गरेका थिए ।

तर त्यो सम्बोन्धन ढिला भएको थियो । प्रधानमन्त्रीले राष्ट्रपति, उपराष्ट्रपति र राजनीतिक दलका नेताहरुलाई समयमा समन्वयकारी भूमिका खेलेको भए मधेशमा जनधनको क्षति ठुलो हुने थिएन । तर ढिलै भएतापनि नेपालले जातीय द्वन्द्व भने खेप्नुपरेन । नेपाल सबै र्धम, सांस्कृतिक, जातजाती र भेषभुषाले भरिएको फुलबारी हो । सो फुलबारीमा रमाउन खोज्नेहरुलाई निस्तेज पार्दै नेपाललाई एउँटै फुलबारी बनाउनुपर्ने आमनेपालीको कतव्य हो । त्यसले गर्दा पनि हिमाल, पहाड, तराई, कोहि छैन पराई । त्यसलाई जर्गेना गर्न पनि राजनीतिक दल मानवअधिकावादी, पत्रकार, बुद्धिजीवी, प्राध्यापक र सर्वसाधारण जनता एक हुन जरुरी छ । देशको भौगोलिक अखण्डतालाई विखण्डन गर्ने काम कसैले गर्नुहुदैँन । विभिन्न राजीनितक दल, सरकार एकजुट भएर भट्किन लागेको आन्दोलनलाई रोक्ने काम भएको छ ।

त्यसले गर्दा नेपालीहरु भाग्यमानी भएका छन् । आगामी दिनमा पनि राष्ट्र र राष्ट्रियताको लागि आम नेपालीहरु एकजुट हुनुपर्ने बेला आएको छ । किनकी विश्व राजनीतिक भुपरिवेशमा अल्झिएको छ । विश्वमा भुराजनीतिक चलेकै कारण नेपाल पनि अछुतो रहेको छैन । नेपाललाई दुइ छिमेकी राष्ट्र चीन र भारतले लामोसमयदेखि सहयोग गर्दै आएको थियो । सो सहयोग र सद्भाव सधैँ यथावत् रहने विश्वास आम नेपालीहरुले गरिरहेका छन् । त्यसले गर्दा पनि नेपालका राजनीतिक दलहरुले समन्वय गरी दुइ छिमेकी राष्ट्रहरुसँग राम्रो सम्बन्ध राख्नुपर्ने हुन्छ । यदि दुइ छिमेकी राष्ट्रबीच विश्वास गर्न छाडेर अन्य राष्ट्रको सहयोग लिनु भनेको आफ्नो खुट्टामा आफै बञ्चरो हान्नु हो ।

नेपाली जनताले रास्वपालाई दुइतिहाइ हाराहारीको बहुमत दिएर पठाएका थिए । दुइतिहाइ हाराहारीबाट बनेको रास्वपाको वालेन सरकारले नत राष्ट्र र राष्ट्रियता लागि काम गर्न सकेको छ नत छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्न सकेका छन् । वालेन सरकारले गरेका कतिपय कामहरु अपरिपक्वको कारण राम्रा कामले जस पाएको छैन । त्यसले गर्दा सरकारले विभिन्न कामको निर्र्णय गर्नुभन्दा पहिला छलफल र समन्वयकारी भूमिका जरुरी रहन्छ । सरकारले चारमहिना पार गरिसक्दा पनि नेपाली जनता र छिमेकी मुलुकहरुको मन जित्न सकेको छैन । त्यसले गर्दा सरकार दिनप्रतिदिन बद्नाम हुदैँ आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *