कमाउन गएकाहरु जिल्ल

राजनीति समाचार

काठमाडौं । कांग्रेस एमाले र माओवादीमा लागेर हिजो डकारेकाहरु सिंहदरबारको सत्ता शासनको रस चुस्न खोज्दा नपाएपछि छटपछिएका छन् । कांग्रेस, स्वतन्त्र हु्रँ्रदा रास्वपा प्रवेश गरेका अमरेस कुमार सिंह, एमाले, एकीकृत समाजवादी हुँदै रास्वपा बनेका बोध नारायण श्रेष्ठ, जसपा, माओवादी हुँदै रास्वपा बनेका रिजमन अन्सारीजस्तालाई रास्वपाको संसद बन्नु नै भारी भएको छ । उनीहरु मन्त्री बन्ने पक्षमा थिए ।
चुनावी सरकारकै सञ्चारमन्त्री जगदिश खरेल मर्कन्टाइल काण्डले थलिए । ललितपुर २ बाट सांसद उनी भए । खेलकुद मन्त्री भएका बब्लु गुप्ता सिराहा १ बाट पूर्ण मन्त्री बन्न पाएनन् । बरु तत्कालीन शिक्षामन्त्री महाविर पुन म्याग्दीबाट निर्वाचन जितेर स्वतन्त्र भए ।

उनी राश्वपा प्रवेश गरी मन्त्री भएका छन् । यसो त एमालेका २२ कांग्रेसका २६, माओवादीका १८ ले चुनावको मुखमा राश्वपा प्रवेश गरेर निर्वाचन जितेका थिए । रास्वपाको यो टिममा पूर्व एआइजी विश्व पोखरेल, एससपी विक्रम सिहंँ थापा, डिएसपी गोविन्द पन्थी पनि सांसद भएका छन् । उनीहरु निर्वाचित भएपछि मन्त्री बन्न कोशिस गर्नु नौलो थिएन । सांसद भएकाहरुले नै सांसदमा के बोल्ने, कस्तो कुरा बोल्ने भन्ने ज्ञान स्पष्ट धेरैलाई छैन । रास्वपाका सांसद केपी खनालले सभामुखलाई सरकारको कर्मचारी जिउ भनेकै हुन् ।

उनले जिल्ला जाँदा एक युवकलाई धम्क्याएकै छन् । जनदिश खरेलले एक दैनिक पत्रिकाको समाचारलाई लिएर पत्रिकाविरुद्ध खनिएकै थिए । सरकारकै कामबाट दिग्दार भएर झापाका सांसद रमेश प्रसाई, दोलखाका सांसद रमेश खरेल, सिन्धुलीका सांसद गजुरेल, तनुहँुका श्रीराम न्यौपाने, स्याङ्जाका १ का धन्नाजय रेग्मीले सरकारको भण्डाफोर गरेकै छन् । अर्थमन्त्री बनेका डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यमा मा होइन लाशमा समेत कर लगाएर चर्चामा आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *