काठमाडौं । सञ्चार मन्त्रालयले आफ्नो मातहतका रेडियो नेपाल, नेपाल टेलिभिजन र राससमा ज्यालादारी कामदार कर्मचारी हटाउँदै गर्दा त्यहाँका कुनै संगठन बोलेनन् । भाद्र १ गतेदेखि लागु हुने गरी गोरखापत्रबाट एक सय हाराहारीमा ज्यालादारी र करारका कर्मचारी हटाउदा सातौं तहका हाकिमसमेत परेका छन् । त्यो जमात खन्चुवा र काम चोर थियो ।
पेशागत हकहितमा रोइलो काड्ने नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल आफ्नै उडुस र उपियाँले भरिएका सरकारी संस्थानमा सञ्चारमन्त्ती जुनसुकै पार्टीको होस् तीनकै स्वार्थमा काम गर्ने गर्दै आएका छन् । अहिलेका सञ्चारमन्त्री विक्रम तिमल्सिना हिजोका एमाले कार्यकर्ता हुन् । तिमिल्सिनाले हिजो सगरमाथा एफएममा बसेर रिपोर्टिङ गर्दाको श्रम आज बिर्सेका छन् । गोरखापत्र संस्थानमा अस्थायी र ज्यालादारीले धानेका शाखाहरु थुप्रै छन् । भाद्र १ बाट करारका कर्मचारी हटाउँदा श्रेणीबिहीन राखेर तहगत नियुक्ति खाएकाहरु खेदिएका छन् ।
खराने सरकारले वर्षमा दश हजारलाई रोजगारी दिने डंका पिटेको छ । तर, निजामती प्रशासनमा प्रधानमन्त्री कार्यालय र सञ्चार मन्त्रालयका सचिव पदका हाकिमहरुले समेत पद त्यागेर ठाउँ खाली गरिदिएका छन् । सञ्चार सचिव डा. कमल पोख्रेलले गत साता राजीनामा दिए । छोराछोरी दुवै अष्ट्रेलिया पठाएका पोख्रेलले सौतेनी आमाको जीउनी हजाम गरेर दाजु प्रदीप पोख्रेलको परिवारका विरुद्ध तीने सौतेनी आमा उचालेर पटक–पटक टोखा नगरपालिका वडा नम्बर ४ मा भाउजुको विरुद्ध उजुरी दिन लगाउने बहादुर हुन् । स्व. दाजु पनि शिक्षामै थिए । अर्घाखाँचीका वासिन्दा पोख्रेल सहसचिव हुँदा शिक्षामा थिए ।
बढुवा भइ गण्डकी प्रदेश सचिव हुँदा श्रीमतीसहित स्व. प्रदीपको परिवारलाई उनको सौतेनी आमा लिएर पुग्ने गर्थे । सौतेनी आमा त्यहीँ घरमा बस्छिन् । बाबुको मृत्यु पश्चात आमाहरुको जीउनीमा रहेको जमीन बेच्दाको रु. ३५ लख भागबण्डा नगरी उनी आफैले झ्वाम पारेर दाजुको परिवार र सौतेनी आमालाई दिएका थिएनन् । तीनै आमा त्यही घरमा छुट्टै कोठामा बस्ने गर्छिन् । तर, आफ्नी बुहारी र नातीनातिनाको खेदो खन्छिन् ।

