काठमाडौं । माइतीघर मण्डलालाई विगत लामो समयदेखि विभिन्न समूह, वादीहरुले आन्दोलन गर्ने थलो बनाएका छन् । त्यसले गर्दा सवारी आवतजावतमा समस्या परेको छ भने विरामी बोक्ने एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनमा समेतआवातजावतमा समेत समस्या परिरहेको छ । जेनजी आन्दोलनले पनि त्यहि माइतीघर मण्डलालाई आन्दोलनको थलो बनाएको थियो । त्यहि आन्दोलनको जगबाट आज रास्वपाले दुइतिहाई हाराहारीको सरकार बनाएको छ । प्रधानमन्त्रीको नेतृत्व वालेनले गरेका छन् भने गृहमन्त्रीको नेतृत्व सुदन गुरुङले गरेका छन् । दुवै जना जेनजी आन्दोलनको जगबाट प्रधानमन्त्री र गृहमन्त्री बनेतापनि सर्वसाधारण जनतालाई राहतभन्दा पनि पिडा दिएर तड्पाइरहेका छन्।
सर्वसाधारण निमुखाहरु दिनप्रतिदिन महङ्गी र अभाव खेपिरहेका छन् ।माइतीघर मण्डलामा विभिन्न माग राखेर विभिन्न समुहहरुले आन्दोलन गरिरहेका छन् । गृहमन्त्री सुदन गुरुङ पनि माइतीघर मण्डलामा गएर आन्दोलनकारीलाई उक्साउने र तपाइको माग जायज छ, पुरा हुन्छ भन्दै आश्वासन दिने गरेका छन् । गृहमन्त्री गुरुङले दिएका आश्वासन अहिले सम्म पूरा भएका छैनन् । उखु किसान, दुध किसान, मिटरव्याजी, अपहरण्, हत्या र बलत्कारका घटनालाई कारबाही गर्ने माग गर्दै किसान माइतीघर मण्डलामा आन्दोलनमा होमिदा उनै गृहमन्त्री सुदन गुरुङले सम्बोधन गर्दै आएका थिए । तर त्यो माग अहिलेसम्म रास्वपाको सरकारले पुरा नगरेको पिडितहरुले बताउन थालेका छन् ।
केहि दिन अघि बारामा घरबाट हराएकी तीन वर्षीया बालिका तीन दिनपछि नजिकैको सुनसान घरमा बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएपछि सो घटनामा संलग्न भएका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ भएतापनि कारबाहीको माग गर्दै माइतीघर मण्डलामा भेला भएका पिडितहरुलाई मन्त्री गुरुङले फासीसम्मको सजाय हुन्छ भनेर आश्वासन दिएको पाइन्छ । तर नेपालको संविधान अनुसार फासीको कानून छैन । यी र यस्तै कारणले गर्दा नेपालमा वर्षेनी बालबालिकाहरुको अपहरण र बत्कारपछि हत्या हुने गरेका छन् । यस्ता विषयमा सरकार गम्भिर भएको पाइदैन । सर्वसाधारणलाई आश्वासन दिने तर काम नगर्ने परिपाटी वालेन सरकारले बसालेको छ । यी र यस्तै कारणले रास्वपाको दुइतिहाइ हाराहारीको सरकार बनेको पाँच महिना पुरा नहुँदै विवादित बन्न पुगेको छ ।
रास्वपाको सांसदहरु पनि विभिन्न केसमा मुछिएका छन् भने सांसदहरुले संसदमा गर्ने व्यवहार पनि फरक फरक रहेको छ । सांसदहरुको व्यवहार हेर्दा परिपक्वता देखिदैन । सांसदले संसदमा बोल्ने व्यवहार, सर्वसधारणलाई गर्ने व्यवहर र राजनीतिलाई स्थायित्व गर्ने सोच राख्न नसक्दा रास्वपा सांसदहरु विवादमा पर्दै आएका छन् । त्यसले गर्दा पञ्चाय काल हुदैँ प्रजातन्त्र, लोकतन्त्र गणतन्त्रसम्म आइपुग्दा शासकहरुले गर्ने व्यवहार फरक भएको पाइँदैन ।

