लाजपचेकाहरुले चलाएको पार्टी र सेवकले चलाएको सरकार एउटै

राजनीति समाचार

कांग्रेस बाढीपिडीतको उद्दारतिर कि पार्टीको महाधिवेशनतिर
काठमाडौं । लाजपचेकाहरुले चलाएको पार्टी र सेवकले चलाउने देशको अवस्था एउटै हुन्छ । नेपालको परिप्रेक्षमा अहिलेको सरकार र जिम्मेवार पार्टीहरुको अवस्था हेर्दा त्यस्तै देखिन्छ । एमालेका अध्यक्ष केपी शर्मा ओली सेवक तयार गरेर बसिरहेका छन् । त्यसमा विष्णु पौडेल र पृथ्वी सुब्बा पुराना सेबक भए । नयाँको खोजी हुँदै छ । काग्रेसमा नक्कली भुटानी शरणार्थी प्रकरण त्यहीँबेला शुरु भयो । बालकृष्ण खाँडको जगजगी थियो । कांग्रेस नेतृ डा. आरजु राणा देउवा तत्कालीन भुटानी शरणार्थी काण्डको मतियार बनिन् । त्यसकै परिणाम स्वरुप अहिले फन्दामा परेकी छिन् । कांग्रेस र एमाले गठबन्धनका मतियार पनि यिनीहरु नै थिए । तर, आज दुवै दलमा तीनै लाज पचेका पात्रहरुको बिल्लिबाठ भएको देखिन्छ ।
सँधैं ‘हामी ठूला हौं, हामीले दिएको अरुले पाउने हो,’ भन्दै तत्कालीन सभापति शेरबहादुृर देउवाको नाममा रजगज गर्ने प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण प्रसाद सिटौला र आनन्द प्रसाद ढुङ्गानाहरुको चलखेल पनि देखियो ।

त्यहाँ पूर्णबहादुर खड्का, बालकृष्ण खाँड र डा. प्रकाश शरण महत एकआपसमा चुरीफुरी देखाउनेमा दहरिएका छन् । आज तिनीहरुका तागत छर्लङ्ग भएको छ । यिनीहरुले पार्टीको नियमित महाधिवेशन रोक्न सर्वोच्चमा दिएको रिट ‘ईश’ भयो । संस्थापन पक्षले नियमित महाधिवेशन गर्ने भनिरहँदा त्यसलई नटेर्ने इतरपक्षले छुट्टै महाधिवेशन गर्ने भन्दैछन् । मानवीय चेतना छ भने त्यो गर्नुहुँदैन । तर, वंशको फाइदा लिएर सधैं पार्टी सरकारमा रजगज गर्दै आएका प्रकाशमान सिंह, डा. शशांक कोइराला र विमलेन्द्र निधिको हालत अब कांग्रेसभित्र के हुन्छ भन्ने प्रश्न पनि खडा भएको छ । उता कृष्णप्रसाद सिटौलाको कहीकतै मूल्य छैन । अदालतले नै महाधिवेशन रोक्न सहमति नदिँदा शेरबहादुरका सहयोगी डा. प्रकाश शरण महतको विचारको के अर्थ ? किन गएनन् डा. शेखर र पूर्णबहादुृर इतरपक्षको भेलाको समापन कार्यक्रममा ? अर्को प्रश्न उठेको छ ।

देउवालाई सभापतिकै रुपमा उभ्याउन खोज्ने दीपक खड्का र पूर्णबहादुर तामाङ (कान्छाराम)हरु पुरानै पेशामा फर्कनुबाहेक हरु के छ ? भन्ने जटिल प्रश्न उठेको छ । रमेश लेखकको हैसियत भिजिट भिसाले खाइदियो । तत्कालीन गृहमन्त्री हुँदा बाढीले घर डुबाउँदा छतमा उद्दार खोजिरहेका नागरिकको सुरक्षा गर्न नसक्ने यस्ता नालायकले शेरबहादुरलाई उचाल्दाको त्यो परिणाम हो यो । जो शेरबहादुरका श्रीमान–श्रीमतीको स्तुती गान गाएर पार्टी र सरकारमा रजाइँ गर्न पल्केका थिए । सर्वोच्च अदालतले संस्थापन पक्षलाई बाटो खुलेको छ ।

तर, सभापति गगन थापा एक्लै उफ्रिएर कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न हुने देखिँदैन । त्यसको लागि पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने हो भने इतरपक्षको सहयोग र समर्थन आवश्यक हुन्छ । जसरी शेरबहादुरलाई आसेपासेले उकासे बिगारेका छन् त्यसैगरी गगन थापालाई पनि उनकै आसेपासे झुण्डले बिगारिरहेहा छन् । नेपाली कांग्रेस जस्तो पार्टी एउटा व्यक्ति र समूह चम्केको भरमा चल्नेवाला छैन । देशको अवस्था र सरकारको गतिविधि हेर्दा कांग्रेस र एमाले जस्ता लोकतान्त्रिक पार्टीहरु एकजुट भएर आन्तरिक कलहबाट बाहिर निस्कन आवश्यक छ । कांग्रेसको एउटा सीमित झुण्ड मात्रै अगाडि बढेको भरमा १५ औं महाधिवेशन सम्पन्न हुने देखिँदैन । कांग्रेसले पार्टीको १५ औं महाधिवेशन सम्पन्न गरेर मात्रै देशले सुशासन पाउने छैन । आगामी स्थनीय र प्रदेश निर्वाभचनमा बलियो उपस्थिति देखाउने सामथ्र्य राख्नुपर्ने आवश्यकता छ । यदि त्यो सामथ्र्य राख्न सकेन भने संविधान र लोकतन्त्रको कुनै अर्थ रहँदैन ।

त्यसको लागि कांग्रेस र एमालेका नेता, कार्यकर्ताहरुले विगतका गल्ती, कमीकमजोरीहरुलाई सच्याउँदै नयाँ ढंगबाट पार्टीलाई एकढिक्का बनाएर जनतासामु जानुपर्ने आवश्यकता छ । पार्टीको आन्तरिक कलहले एमाले र कांग्रेस दुवैलाई फाइदा गर्दैन । त्यसले गर्दा विपद्को घडीमा पनि सरकारको मुख ताकेर आलोचना गर्नेभन्दा फिल्डमा उत्रिएर आफ्ना कार्यकर्ता परिचालन गरी उद्दार, राहत र व्यवस्थापनमा लाग्नुपर्ने हुन्छ । संकटको घडीमा आमसर्वसाधारणले कांग्रेस र एमालेबाट आशा गरिरहेका छन् । पार्टीभित्र आन्तरिक लडाईँ गरेर जनताका आशा र भरोसालाई निराशा बनाउन मिल्दैन ।

यतिबेला देशमा अकल्पनीय बाढीको कारण ठूलो संकट आइपरेको छ । त्यसको सामना गर्नुपर्नेमा कांग्रेसका सभापति गगन थापा इतरपक्षलाई पाखा लगाएर भएपनि पार्टीको १५ महाधिवेशन गरेरै छाड्ने मनस्थितिमा पुगेका छन् । तर, प्राकृतिक विपद्ले जनधनको ठूलो क्षतिसहित पाँचवटा जिल्ला क्षतविक्षत अवस्थामा पुगेका छन् । त्यहाँका नागरिकहरु अधिकांश परिवार, आफन्त र सम्पत्तिसहित सखाप भएका छन् भने अधिकांशले कसैले आफन्त गुमाएका छन्, कसैले परिवार गुमाएका त कसैले श्रीसम्पत्ति गुमाएर ज्यान मात्रै बँचाएको अवस्थामा गुज्रिइरहेका छन् । कतिपय गाँस, बास र कपासको खोजीमा भौतारिइरहेका छन् । संकटको यो घडीमा देशको जिम्मेवार पार्टी नेपाली कांग्रेस महाधिवेशनमा अलमलिने भन्दा पनि बाडीपीडितहरुको उद्दार, राहत र व्यवस्थापनमा जुट्नुपर्ने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *