सञ्चारकर्मी सीता पोखरेल बनिन् ‘मिस एण्ड मिसेस युनिभर्सल’ उपाधि विजेता

विविध शिक्षा/स्वास्थ समाचार

काठमाडौं । बिवगत लामो समयदेखि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै सीता पोखरेलले ‘मिस एण्ड मिसेस युनिभर्सल २०२६–सिजन ५’ मा दुई उपाधि जित्न सफल भएकी छिन् ।

पोखरेलले प्रतियोगितामा ‘पब्लिक च्वाइस विनर’ र ‘मिसेस कन्फिडेन्स विनर’ को उपाधि हात पारेकी छिन्। पत्रकार पोखरेलको यो सफलता उनको व्यावसायिक योगदानसँगै आत्मविश्वास, सक्रियता र व्यक्तित्वको सम्मानका रूपमा अन्य महिला पत्रकारहरुले हेरेका छन् ।

प्रतियोगिताअन्तर्गत आयोजित लाइभ कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। महिलामा रहेको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व विकास तथा सामाजिक योगदानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

दुई दशक लामो मिडिया यात्राका क्रममा सञ्चार क्षेत्रका विभिन्न विधामा योगदान पु¥याउँदै आएकी पोखरेलका लागि प्राप्त दोहोरो उपाधिले व्यावसायिक यात्रामा थप ऊर्जा र उत्साह थपेको छ।

प्रतियोगिताको विशेष कार्यक्रममा पोखरेललाई ‘पब्लिक च्वाइस विनर’ र ‘मिसेस कन्फिडेन्स विनर’ का रूपमा घोषणा गरिएको थियो। मिडिया क्षेत्रमा लामो समयदेखि सक्रिय एक महिलाले सौन्दर्य तथा व्यक्तित्व केन्द्रित प्रतियोगितामा हासिल गरेको यो उपलब्धिलाई उनको निरन्तर सक्रियता, आत्मविश्वास र बहुआयामिक व्यक्तित्वको परिणामका रूपमा लिन सकिन्छ।

पोखरेलको यो उपलब्धिले सञ्चार क्षेत्रमा सक्रिय महिलाहरूलाई व्यावसायिक जीवनसँगै आफ्नो प्रतिभा, व्यक्तित्व र आत्मविश्वास बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *