काठमाडौं । गत भदौ १० गतेको भोटेकोशी बाढीले रसुवा, नुवाकोटलगायत पाँचवटा जिल्लामा धनजनको ठूलो क्षति पु¥याएको थियो । कतिपयले अभिावक त कतिपयले छोराछोरी र बाबु–आमा गुमाएका छन् भने कतिपयको सम्पूर्ण परिवारसहित धनसम्पत्ति सखाप बनाएको छ । बाढीमा परेर अभिभाव गुमाएकाहरु अधिकांश काठमाडौंलगायत विभिन्न सुरतिक्ष ठाउँतिर आश्रय लिन गइसकेका छन् । कतिपय बाहिरी जिल्लाबाट आएर व्यापार, व्यवसाय गरेर बसेकाहरु आ–आफ्नो जिल्लातिर गइसकेका छन् ।
अभिभावक गुमाएका बालबालिकाहरु पनि आफन्त अथवा कसैको संरक्षणमा गइसकेका छन् । बाढीपहिरो गएको तीन साता बितिसक्दा पनि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लाहरुमा कतिजता बेपत्ता छन्, कतिको मृत्युवरण भयो, कति घाइत छन् र कतिको उद्दार गरियो भनेर सरकारले एकिन विवरण सार्वजनिक गर्न सकेको छैन । अझ पर्यटक, व्यापारीहरुको संख्या सार्वजनिक गरिएको छैन । विद्यार्थीहरु कति हताहत भए र कति बेपत्ता छन् भन्ने पनि कुनै जानकारी छैन । तर, सञ्चारमाध्यममा भने अहिलेसम्म २ सय ५० जना विद्यार्थी बेपत्ता भएको उल्लेख छ ।
अभिभावकविहीन विद्यार्थीहरुको रेखदेख र खानेबस्ने व्यस्था कसले गरेको छ भन्ने बारे सरकारले सार्वजनिक गर्न सकेको छैन । त्यसैगरी क्षतिग्रस्त विद्यालयमा अध्ययनरत करिव १५ हजार विद्यार्थीको पठपाठन पनि अलपत्र परिरहेको छ । अधिकांश विद्यालयहरु बाढीले बगाएको छ भने बाँकी रहेका विद्यालय भवन र भौतिक सामग्री नष्ठ भएका छन् । ती विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठन हुन सकेको छैन । बाढीपहिरोको भय र त्रासले गर्दा विद्यार्थीहरु सबै तितरवितर भएका छन् । मानसिक रुपमा त्रसित रहेका विद्यार्थीहरुलाई मनोपरामर्श र काउन्सिलिङको आवश्यकता पर्दछ । तर त्यसको व्यवस्था गरिएको नगरिएको सरकारले जानकारी दिन सकेको छैन ।
वास्तविक पीडित विद्यार्थीहरुले खान, बस्न र पठनपाठनको लागि आवश्यक सामग्री पाएका छन् कि छैनन् भन्ने बारे कुनै जानकारी सरकारले दिएको पाइँदैन । रसुवालगायत पाँचवटा जिल्लामा बाढीपरिरो गए तापनि त्यसमा पर्नेहरु देशैभरका नागरिक रहेका छन् । त्यसमा पर्ने उद्योगी, व्यापारी, मजदूर, शिक्षक, पत्रकार, कर्मचारी, सुरक्षाकर्मी, यातायात व्यवसायी, चालक, सहचालक, पर्यटक र तीर्थयात्रीहरु रहेका छन् । घटनामा पर्नेहरुको वास्तविकता पहिचान गरी पीडित परिवारहरुले राहत पाएका छन् कि छैनन् भन्ने बारेले सम्बन्धित निकायले पहिचान गर्न नसकेको पीडितको गुनासो छ ।

